Monday, July 30, 2012

झाडापखालको प्रकोपबाट डोटीमा ८ जनाको मृत्यु

१५ साउन, डोटी । डोटीमा फैलिएको झाडापखालाका कारण आठ जनाको मृत्यु भएको छ । गत जेठ अन्तिम साता देखि फैलिएको झाडापखाला नियन्त्रणमा आउन नसक्दा उनीहरुको मृत्यु भएको हो ।
काँडामाण्डौ र बगलेक बाट फैलीएको झाडापखालाले जेठ ३२ गते बगलेक-१ अबि साउँद र सोही गाविसको वडा नं.७ कि ५ बर्षीया गेणी कामीको मृत्यु भएको थियो ।
असारमा बगलेक- ८ कि ११ बर्षीया पित्तेउली साउँद, कलेना-४ कि ६५ बषर्ीया खिन्तु आउजी, दिपायल सिलगढी नगरपालीका-८ कि १६ बषिर्या लक्ष्मी भण्डारीको मृत्यु भएको थियो ।
त्यस्ते साउनमा सानागाउँ-८ का २ बर्षीया बालक सुरेश भुल, काडामाण्डौ-३ कि ७० बर्षीया बृद्धा शारदा साउँद को मृत्यु भएको हो ।
झाडापखालाका कारण १२ वषिर्य पद्मा कवरको हिजो राती अबेर मृत्यू भएको हो । झाडापखालापछि बालिका पद्माको स्थानीय स्वास्थ्य चौकीबाट उपचार गरेर फर्कीदै गर्दा बाटोमै मृत्यू भएको हो ।
आईतबार सम्मको तथ्याङ्क अनुसार जिल्ला भरीमा ४०१ जना झाडापखालाबाट प्रभाबित भएको जिल्ल स्वास्थ्य कार्यालय डोटीका मुल्याङ्कन तथा अनुगमन अधिकृत टेक राज जोशीले जानकारि दिनु भएको छ ।
जेठ महीनामा काँडामाण्डौमा मृत्यु भएका ७ जना बृद्ध बृद्धाको कारण भने खुल्न नसकेको जिल्ला स्वाथ्यले बताएको छ तर स्थानीय बासिन्दाले भने मृत्युको कारण झाडापखालानै भएको बताएको छन ।

No comments:

Post a Comment