Monday, July 30, 2012

मलेसिया जाने खर्च सरकारले तोकेभन्दा दोब्बर

१५ साउन, काठमाण्डौं । नेपाली कामदारका लागि मुख्य रोजगारको गन्तव्य मलेसिया जाने लागत सरकारले तोकेको भन्दा म्यानपावर कम्पनीले दोव्बर लिने गरेका छन् ।
कामदारको माग ल्याईदिने एजेन्टले कमिसन बढाएकाले जाने खर्च बढेको व्यवसायीहरुले बताएकाछन् । एजेन्टले बढाउको कमिसन र नेपाली व्यवसायीबीच बढेको अस्वस्थ प्रतिस्पर्धाले लागत एकलाख ५० हजार भन्दा बढी पुगेको खबर कान्तिपुर दैनिकले छापेको छ । सरकारले भने मलेसिया जान ८० हजार रुपैयाँ तोकेको छ ।
बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष बलबहादुर तामाङले नेपाली कम्पनीको सोझै रोजगारदाता कम्पनीसँग पहुँच नहुँदा कामदार खर्चबढेको बताएका छन् । ‘खाडी मुलुकमा रोजगारदाता कम्पनीसँग सोझो सम्पर्क भएकाले काम गर्न सजिलो भएपनि मलेसियामा नभएको तामाङले बताएका छन् ।
कमिसन बुझाउने रकम बढि भएकाले बुझाउनुपर्ने रकम विगत दुई बर्षदेखि बढेको उनको भनाई छ । वैदेशिक रोजगार विभागका अनुसार हालसम्म कामको खोजीमा ७ लाख ८२ हजार नेपाली मलेसिया पुगेका छन् ।

No comments:

Post a Comment