Sunday, July 29, 2012

चलचित्रकर्मीसँग प्रचण्डले भने-१ करोड अहिलै दिन्छु

काठमाडौं । नेपाली सिनेमाका कलाकारहरु अहिले राजनीतीक दलका ढोका ढकढकाईरहेका छन् । कहिले एमाले अध्यक्ष त कहिले कांग्रेसका सभापति । यसैक्रममा, चलचित्रकर्मीहरु आइतबार अपरान्ह एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालप्रचण्डलाई भेट्न माओवादीको कार्यलय पेरिसडाँडा नै पुगे ।
निर्धारित समयभन्दा केही ढिला गरी आएका माओवादी अध्यक्ष प्रचण्डले सुरुमा चलचित्रकर्मीहरुका कुरा सुने । प्रचण्डसँग सिनेकर्मीहरुले मन खोलेर आफ्ना कुरा राखेका थिए । वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, शैलेस आचार्य, आकाश अधिकारी, नायकजिवन लुईटेल, नृत्य निर्देशक गोविन्द राई, कलाकार मौसमी मल्ल लगायतले प्रचण्डलाई सिनेमा क्षेत्रको समस्या सुनाए ।
दाहाललाई चलचित्रकर्मीको गुनासो राख्दै चलचित्रकर्मी शैलेस आचार्यले वाहिर सुकीला मुकिला लगाएपनि भित्री रुपमा कलाकारको पिडा राज्यले नवुझेको वताए । यस्तै नायक जिवन लुईटेलले कलाकारलाई पनि विदेश जान आउन सुविधा हुनुपर्ने वताउँदै ‘सभासद हुने वित्तिकै रातो पासापोर्ट पाउने तर कलाकारले किन दुख भोग्नु पर्ने ?’ भन्दै प्रश्न गरेका थिए । प्रचण्डसँगको भेटमा अधिकांश कलाकारले सिनेमा क्षेत्र सधै लुलो भएको वताउदै पोलियो खुवाईदिन आग्रह गरे ।
सवैका कुरा सुनेपछि माओवादी सुपि्रमो प्रचण्डलेदेशको परिस्थिति दर्शाउँदै सहयोगको आश्वासन दिए। उनले देशको अवस्था नै अहिले नसुधि्रएको वताउदै यसले सवै क्षेत्रलाई असर पारेका वताए । प्रचण्डले दोलखामा वनाउने भनिएको फिल्म स्टुडियोका लागी तत्काल सरकारले १ करोड दिने समेत जानकारी गराएका थिए । ‘मैले भर्खर अर्थमन्त्रीसँग फोनमा कुरा गरेको थिए । उहाँले १ करोडसम्म त दिनसकिने वताउनुभएको छ-प्रचण्डले भने । अध्यादेश ल्याएर चलचित्र नीति ल्याउनुपर्ने चलचित्रकर्मीको मागमा प्रचण्ड मुस्कुराए मात्र केही वोलेनन् । प्रचण्डले सिनेमा क्षेत्रसँग आफू अत्यन्त नजिक भएको बताउदै सानैवाट यसमा आफ्नो रुची भएको वताएका थिए ।
माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदाको कार्यकालमा उनले १ करोड चलचित्रकर्मी कल्याण कोषका लागि दिएका थिए ।

No comments:

Post a Comment