Wednesday, July 18, 2012

रहेनन् बलिउडका पहिलो सुपरस्टार

पहिलो सुपरस्टार राजेश खन्नाको बुधबार निधन भएको छ । ६९ वर्षीय खन्नाको मुम्बईस्थित निजी निवास 'आशिर्वाद' मा निधन भएको हो ।
केही समय यता गम्भीर बिरामी रहेका खन्ना पटक-पटक अस्पताल भर्ना हुँदै आएका थिए । पछिल्लो पटक गत शनिबार लिलावती अस्पतालमा भर्ना भएका उनलाई चिकित्सकले मंगलबार डिस्चार्ज गरेका थिए ।
राजेशले आराधना, अमर प्रेम, सफर, कटी पतंग, आनन्दलगायतका चर्चित फिल्ममा अभिनय गरेका छन् ।
२९ डिसेम्बर १९४२ मा अमृतसरमा जन्मिएका राजेश खन्नाको वास्तविक नाम भने जतिन खान हो । १९६६ मा उनी पहिलोपटक पर्दामा देखिएका थिए । तर वास्तविक अभिनय देखाउन राजेशले १९६९ मा फिल्म आराधना कुर्नुपर्‍यो । उनका एकपछि अर्को गर्दै १४ फिल्म सुपरहिट भए ।
राजेशका तीन छोरी र दुई छोरा छन् । सम्बन्ध विच्छेद गरे पनि बिरामी भएपछि पत्नी सँगै थिइन् ।सन् १९७३ मा विवाह गरेका उनी ११ वर्षपछि अलग भएका थिए ।
राजेश फिल्मसँगै ९० को दशकमा राजनीति प्रवेश गरे । १९९१ मा कांग्रेसबाट संसद् सदस्य बने ।

No comments:

Post a Comment