Thursday, July 19, 2012

झमेला झेल्दै ज्ञानेन्द्र फ्रान्समा

झमेला झेल्दै
४ साउन, काठमाण्डौं । नागरिकको रुपमा भ्रमणमा निस्केका पूर्व राजा ज्ञानेन्द्र १८ जनाको जम्बो टोलीलाई लिएर बुधबार फ्रान्स पुगेका छन् ।
पूर्वराजालाई स्वागत गर्न फ्रान्सको सवैभन्दा ठूलो चाल्र्सदे गाल विमानस्थलमा नेपाली दूतावासका कर्मचारी र केही राजाबादीले स्वागत गरेका थिए । ज्ञानेन्द्रले भेटमा स्वागत आदान प्रदानबाहेक अरु कुनै नबोलेको बताईएको छ । उनी बस्ने होटल समेत गोप्य राखेको खबर सौर्य दैनिकले छापेको छ ।
पूर्वराजाका भ्रमणका बारेमा पेरिस स्थित नेपालीदूतावासले आफूलाई कुनै जानकारी नभएको जनाएपनि ज्ञानेन्द्रलाई स्वागत गर्न राजदूत सहितको टोलीविमानस्थल पुगेको थियो ।
पूर्वराजाले भ्रमणको बास्तविकतालाई गोप्य राखेका छन् । पूर्व रानीलाई दरबार हत्या काण्डमा लागेको गोली र्छराको उपचारका लागि भ्रमण तय गरिएको भनिए पनि त्यो प्रचारका लागि मात्र भएको भनिएको छ । भ्रमणका पछाडि राजनैतिक र पारिवारीक कारण रहेको जानकारहरु बताउँछन् ।

No comments:

Post a Comment