Saturday, June 2, 2012

नफुट्ने हो भने वैद्यलाई अध्यक्ष र थापालाई प्रधान मन्त्री बनाउनुपर्ने

- माओवादीको वैद्य समूहका प्रभावशाली नेता नेत्रविक्रम चन्दले माओवादी पार्टी नफुटाउने हो भने विचारको नेतृत्व र पार्टीको रुपान्तरण हुनुपर्ने बताएकाछन्। उनले यसका लागि मोहन वैद्यलाई पार्टी अध्यक्ष तथा रामबहादुर थापालाई प्रधान मन्त्री बनाउनुपर्ने प्रस्ताव पनि अघि सारेका छन्।
हिमालय टेलिभिजनमा शनिबार राति नौ बजेर पाँच मिनेटमा प्रशारण हुने दी आरडी सोका लागि दिएको अन्तर्वार्तामा उनले यस्त बताएको जानकारी रिपोर्टर्स क्लबले दिएको हो। जसअनुसार चन्दले माओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधान मन्त्री बाबुराम भट्टराईको नेतृत्व र विचार असफल भइसकेकाले अब नेतृत्व हस्तान्तरण गरेमात्रै पार्टी एकता सम्भव हुने स्पष्ट पारेका छन्।
उनले भनेका छन्– पार्टीभित्र विचारको नेतृत्व वरिष्ठ उपाध्यक्ष मोहन वैद्यले गर्दै आएकाले अध्यक्षले पद त्याग गरेर उनलाई नेतृत्व हस्तान्तरण गर्नुपर्छ। प्रधान मन्त्री महासचिव रामबहादुर थापालाई बनाउनुपर्छ।
प्रतिक्रियाहरू (0)

No comments:

Post a Comment