Tuesday, June 5, 2012

कहिले ओली, कहिले कोइराला गुहार्ने वैद्य पक्षको क्रान्तिकारिता नाङ्गियोः दाहाल

पुष्पकमल दाहालले कहिले आयोगबाट संविधान जारी गर्नुपर्छ र वर्तमान सरकार विघटन गर्नुपर्छ भनेर राष्ट्रपति गुहार्ने अनि कहिले सुशील कोइराला र केपी ओलीलाई सरकार ढाल्न गुहार्ने वैद्य पक्षको चरित्रले उसको क्रान्तिकारिता पूरा नाङ्गिएको टिप्पणी गरेका छन्।
ललितपुरको खन्ना गार्मेन्टमा आज बसेको सो पार्टीको नेवाः राज्य समिति सदस्यको औपचारिक बैठकमा प्रशिक्षणमूलक मन्तव्य दिँदै दाहालले पहिचानबिनाको सङ्घीयता भएको संविधान बनाएर आत्मसमर्पण गर्‍यो भनी आरोप लगाउने वैद्य पक्षले अहिले शान्ति र संविधानको कार्यनीति असफल भयो भनेर जनतामा भ्रम छरेको आरोप लगाए।
उनले पार्टी एकढिक्का भए राष्ट्रिय भेलाबाट आफू अध्यक्ष पद त्याग्न तयार रहेको भनाइ आज पनि दोहोर्‍याए।
दाहालले भने-'संविधानसभाबाट जनपक्षीय या प्रतिक्रियावादी संविधान बनेको भए पो संविधानसभाको औचित्य सकिएर शान्ति र संविधानको कार्ययोजना असफल हुन्थ्यो, दुवै खालको संविधान नबनेकाले र सरकारले पुनः संविधानसभा निर्वाचन घोषणा गरेकाले यो कार्यनीति पूरा हुन अझै बाँकी छ।'
कहिले आयोगबाट संविधान जारी गर्नुपर्छ र वर्तमान सरकार विघटन गर्नुपर्छ भनेर राष्ट्रपतिगुहार्ने र कहिले सुशील कोइराला र केपी ओलीलाई सरकार ढाल्न गुहार्ने वैद्य पक्षको चरित्रले उसको क्रान्तिकारिता पूरा नाङ्गिएको टिप्पणी गरे।
पार्टीको आगामी असार १५, १६ र १७ गते काठमाडौँमा हुने सातौँ विस्तारित बैठकको तयारी गर्नका लागि बसेको सो बैठकमा उनले अब अब पहिचानसहितको सङ्घीयताको नारा लिएर जनतामाझ जान निर्देशन दिए।
बैठकमा विभिन्न कमिटीका प्रतिनिधिहरूले संस्थापन पक्षलाई गुटरहित बनाएर छिट्टै सशक्त पार्टी बनाउन प्रमुख नेतृत्वलाई सुझाव दिएका थिए। (राससको सहयोगमा)

No comments:

Post a Comment