Thursday, June 7, 2012

न्यायाधीश हत्या गर्नेको स्केच सार्वजनिक, सूचना दिनेलाई पुरस्का

काठमाडौँ, जेठ २५ (नागरिक)- न्यायाधीश रणबहादुर बमको हत्या भएको एक सातापछि प्रहरीले गोली हान्नेको हुलिया वर्णनसहित स्केच सार्वजनिक गरेको छ। हत्याको सम्बन्धमा महत्वपूर्ण सूचना दिने व्यक्तिलाई 'उचित पुरस्कार' दिने घोषणा पनि अनुसन्धान समितिले आज गरेको छ।
त्यस्तो सूचनादाताको परिचय गोप्य राखिने प्रहरीले जनाएको छ।
महाशाखाले आज जारी गरेको विज्ञप्तिमा दिइएको जानकारी अनुसार गोली हान्ने एक जनाको हुलिया यस्तो छ- गोलो अनुहार, कालो वर्ण, पातलो दाह्री पालेको, अनुहारमा खटिराहरु भएको, आर्मी पुलिसको जस्तो छोटो कपाल काटेको, खाइलाग्दो जिउडाल भएको, अन्दाजी ५ फिट ६ इन्च उचाई भएको, नेवार वा मंगोल समुदायको जस्तो देखिने अन्दाजी वर्ष २७।२८ को पुरुष व्यक्ति
घटनाको समयमा मुखमा मास्क लगाएको हुँदा सम्पूर्ण
हुलिया प्रत्यक्षदर्शीले दुरुस्त वर्णन गर्न नसकेकोले केही भाग छोपिएको प्रहरीले बताएको छ।
प्रहरीले यो घटना अल्ट्रा मोर्डन संगठित अपराध भएको बताउँदै घटनाको गहिराइसम्म पुग्न प्रयासरतभएको बताएको छ। हत्याका सम्बन्धमा र हत्याराको बारेमा विज्ञप्तिमा कुनै जानकारी दिइएको छैन।
प्रहरीले कसैले विगतमा पल्सर मोटरसाइकल चढ्ने गरेको र हाल नचढ्ने गरेको भएमा, घर भाडामा बस्ने कोही व्यक्ति घटनाको दिन पछि अचानक कहीँ कतै कोठा सरेमा वा सम्पर्कमा नआएमा र घटनालाई प्रत्यक्ष रुपमा देखेर पनि कुनै डर, त्रास वा अन्य कारणले कसैलाई नबताएको भए ९८५१०४२४१२, ९८५१०५२७७० र ९८५१११५०७७ मा सूचना दिन पनि सर्वसाधारणलाई आग्रह गरेको छ।

No comments:

Post a Comment