लागोस, जेठ २१ (एजेन्सी)- १५३ यात्रु बोकेको एउटा विमान नाइजेरियाको राजधानी लागोसको घना बस्ती भएको क्षेत्रमा आइतबार दुर्घटनाग्रस्त भएको छ। डाना एअर फ्लाइटको सो विमान एउटा भवनमा ठोक्किएको उद्धार समन्वयकर्ताले बताएका छन्। दुर्घटनामा कति जना घाइते भए वा कतिको मृत्यु भयो भन्ने बारे तत्काल थाहा हुन सकेको छैन।
विमान अबुजाबाट लागोस आउँदै थियो। दुर्घटनाका कारण तीन वटा घरमा आगो लागेको बताइएको छ।
यसअघि हिजो राति घानाको राजधानी आक्राको विमानस्थल नजिकै एउटा कार्गो विमानले रनवे छाडेर एउटा बसलाई ठक्कर दिँदा बसमा रहेका १० यात्रुको मृत्यु भएको थियो।
सम्बन्धित समाचार
No comments:
Post a Comment