देशमा भ्रष्टाचार मौलाउँदै गईरहेको छ । बढ्दो भ्रष्टाचारलाई रोक्न राज्यको निकायहरु प्राय असफलनै भईरहेका छन् । आवश्यक कागजजात पुर्याएर पनि जनताका काम नियतवश रोकिने कार्यालयहरु धेरै छन् । आफ्ना काम के कसरी रोकिए भनेर सर्वसाधरणले खोज तलास नगर्दा केही त्यस्ता कार्यालयमा भ्रष्टाचार मौलाउादै गएको पाईएको छ । र कतिपयले त घुस दिएको छु भन्ने जान्दा जान्दै पनि बाहिर आएर मुख खोल्न सक्दैनन् जसले गर्दा भ्रष्टाचार गर्न पल्केकाहरुको मनोवल बढ्दै गएको छ ।
आईतबार साँझपख जिल्लाको बुर्तिबाङ जिल्लाको गाविस–१ बस्ने देवेन्द्र पुन आफुलाई नापी कार्यालयका प्रमुख रामप्रसाद महतोले जग्गा कित्ता काँट गरेर सकिएपछि ६० हजार घुस मागेको गुनासो लिएर आए । यसबारे बुझ्दै जाादा महतोले बुर्तिबाङका पुनलाई ६० हजार नदिए कित्ताकााट गर्दिन भन्दै धम्काएको कुरा नापी कार्यालयकै एक कर्मचारीले खुलाए ।
‘काम सवै सकिएको छ’ ति कर्मचारीले भने ‘तर पनि उहाँले (कार्यालय प्रमुख) ६० हजार नदिए कित्ताकााटको विवरणमा हस्ताक्षर गर्न मान्नु भएन ।’ मालपोतको निर्देशन अनुसार नापीले सम्बन्धीत जग्गा धनीको कित्ताकााट गरी सो को विवरण मालपोत कार्यालयमा पठाउनु पर्ने प्रावधानरहेको ति कर्मचारीले बताए ।
‘सवै विवरण तयार भईसकेको छ’ ति कर्मचारीले भने ‘उहाँले हस्ताक्षर मात्रै गरे पुग्ने काम हो तर पनि काम रोकियो ।’ उनका अनुसार महतोले यस अघि पनि विभिन्न व्यक्तिहरुसंग यसरीनै पैसाको माग गर्नेगर्दथे ।
बुर्तिबाङ घर भएका पुनले खुङ्गा–८ मा रहेको १२ रोपनी जग्गा मध्य ९ रोपनीको कित्ता छुट्टाउनु पर्ने भएको बताए । ‘नियमाअनुसार अमिन लगेर कित्ता छुट्टाईएको छ’ पुनले भने ‘हाकिम सापले ६० हजार नदिए नक्सा दिन्न भनेर मेरो काम रोकिदिनुभयो ।’ महतोले पुनको जग्गा धेरै भएकाले प्लटिङ गर्न एक लाख लाग्ने भन्दै ६० हजार आफुलाई चाहिने बताएको पुनले बताएका छन् ।
‘अमिन लैजाने बेलामा पनि उहाँले (महतो) रकम माग गर्नुभएको थियो’ पुनले भने ‘मैले त्यतिबेला दुई जना अमिनलाई २० हजार पारिश्रमिक दिएर खुङ्गा लगेको थिए ।’ ति अमिनहरुलाई आफुले पारिश्रमिक स्वरुप २० हजार दिएपनि महतोले छुट्टै ६० हजार माग गरेको उनको भनाई छ । आफुले माग गरेको रकम नदिएको भन्दै महतोले काम रोकिदिएपछि पुन आईतबार बेलुकीनै घर फर्किएका छन् ।
नापी कार्यालय बागलुङका प्रमुख रामप्रसाद महतोले भने आफुले कसैको काम पनि नरोकेको र कसैसंग रकम माग पनि नगरेको दावी गरे । ‘मालपोतबाट निवेदन नआएकाले काम रोकिएको हो’ महतोले भने ‘नियतवंश मैलेत्यसरी काम रोके होईन ।’ सुरुमा कसैको काम नरोकेकोबताएका महतोले पछि मालपोतबाट पत्र नआएकाले काम रोकिएको बताएका थिए ।
तपाईंको प्रतिक्रिया
No comments:
Post a Comment