Friday, June 8, 2012

नयाँ बजारमा गोली चल्यो, एक घाइते

काठमाडौ, जेष्ठ २६ - राजधानीको सोहृखुटे नयाँ बजारमा केही बेर अगाडि गोली चलेको छ । गोली लागेर एक जना घाइते भएको काठमाडौंका प्रहरी प्रमुख जयबहादुर चन्दले बताएका छन् । घाइते अखिलका सदस्य वसन्त शाही हुन् । उनलाई उपचारका लागि शिक्षण अस्पताल महाराजगंजमा पुर्‍याइएको छ । कस्ले र किन गोली हान्यो विषयमा अनुसन्धान भइरहेको चन्दले बताए ।
अनेरास्ववियूका केन्द्रीय उपाध्यक्ष नविना लामाका अनुसार गोली लागेका शाही अस्कल क्याम्पस अनेरास्ववियू प्रारम्भिक कमिटिको उपाध्यक्ष हुन् ।
प्रकाशित मिति: २०६९ जेष्ठ २६ ०८:४२

No comments:

Post a Comment