Saturday, May 19, 2012

नेपाली राजनीतिमा भारतको नांगो हस्तक्षेप,भाजपाका उपाध्यक्ष नेपालमा, नेपालक प्रभावशाली नेताहरुलाई गुप्तरुपले भेट्दै | मुख्य समाचार

६ जेठ, काठमाण्डौँ । नेपालको अन्तरीक मामिलामा भारतको हस्तक्षेप रहदै आएको कुरा नेपाली राजनीतिका नेताहरुबाटै सार्वजानिक हुदै आएको छ । केही दिन अगाडी प्रमुख दलहरुको वैठकमै भारतिय राजदुत जयन्त्र प्रशाद साक्षी राखेर सहमति गरीएको समाचार पनि आएको थियो । त्यस्तै विरगंज स्थीत भारतिय महावाणिज्य दुतावासका एक कर्मचारीले कुटनैतिक मर्यदा विपरीत स्थानिय राजनीतिक नेताहरुलाई मेधशमा आन्दोलन गर्न उक्साएको समाचारले त नेपालको राजनीतिमै तरङ्ग नै ल्यायो । महावाणिज्य दुतावासमा राजनीतिक मामिला हेर्ने एस डि मेहेताले स्थानिय दलका नेताहरुलाई मधेशमा आन्दोलन गर्न दिएको आदेशका विरुद्ध प्रमुख दलका शिर्ष नेताहरु लगायतका अन्य दलहरुले भारतिय ठाडो हस्तक्षेप भएको भन्दै विरोध नै जनाए ।
नेपाली राजनीतिमा भारतको इच्छा चाहनाले भुमीका खेल्नेकुरा दलका नेताहरुले नै स्वीकार गर्दै आएका छन् । नेपालका हरेक राजनीतिक घटनाक्रममा भारतको महत्वपुर्ण भुमीका रहदै आए जस्तै अहिले नेपालमा राजनीतिक संकट चुलिदै गएका बेला भारतको प्रमुख विपक्षी दल भारतीय जनता पार्टीका एकजना बरिष्ठ नेता काठमाडौं आएर नेपालका प्रभावशाली राजनीतिक व्यक्तित्वहरुसँग परामर्श गरेका छन् ।
पूर्व जानकारी बिना अचानक शनिवार काठमाडौं आइपुगेका भारतीय जनता पार्टीका उपाध्यक्ष भरतसिंह कुसियरीले नेपालको पछिल्लो घटनाक्रमबारे यहाका राजनीतिक दलका नेताहरु तथा राष्ट्रपति रामवरण यादवसँग समेत भेटवार्ता गरेका छन् । कुसियरीले शनिवारै दिउसो राष्टपति निवास शितल निवासमापुगेर राष्टपति यादवसंग भेट गरेका थिए ।
राष्टपति यादवसंग भेटे लगक्तै नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल, एमालेका प्रभावशाली नेता केपी शर्मा ओली तथा मधेशवादी दलका नेताहरुसँग समेत छलफल गरेका छन् । कुसियरी नेपाल आएर यहाका राजनीतिक दलका प्रभावशालि नेताहरुलाई भेट गरेको थाहा पाएपछी हामीले नेपाली कांगेसका सभापति शुसिल कोईरालासंग उनकै निवास महाराजगंजमा भेटघाट गर्न पुगेका भारतिय नेता कुसियारीले नेपालका राजनीतिक मित्रहरुलाई भेट्न आएको प्रतिक्रिया दिए । हामी कोइराला निवास पुगेको देखेर कुसियरीले आश्चर्य ब्यक्त गर्दै प्रश्न गरे कसरी थाहा पाएर मिडीयाहरु आए ? उनले नेपालम संविधान वन्दै गरेकोले याहाको राजनीतिक स्थीरताको लागी सकरात्मक सहयोग गर्न आएको वताए । उनले सवैसंग भेट गर्ने भन्दै धेरै वोल्न चाहेनन् ।
कुसियरीले शनिवार राति नै नेपाली कांग्रेस, एमाले तथा मधेशवादी दलका केही नेताहरुलाई रात्री भोज दिएकोकुरा श्रोतले जनाएको छ । श्रोतका अनुसार सनिवार राति ८ वजे मण्डीखाटार स्थीत रहेको पतञ्जलि योग केन्द्रमारात्री भोज दिइएको हो । रात्री भोजमा नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल सहितका केहीनेता, एमाले वरीष्ठ नेता केपी शर्मा ओली, मधेशवादी दलका नेताहरुको सहभागिता रहेको वताइएको छ ।
शनिवार विहान अचानक नेपाल भित्रिका कुसियरी त्रिभुवन अन्तराष्टिय विमानस्थल अगाडी रहेके एयरपोर्ट होटलमावस्ने वन्दोवस्त मिलाएको श्रोतले वताएको छ । नेपालमा वस्ने, खाने तथा यातायातको सवै ब्यवस्था मण्डीखाटार स्थीत पतञ्जलि योग केन्द्रलेमिलाएको वताइएको छ । कुसियरीलाई भेटघाटमा सहयोग पुर्याउन पतञ्जति योग केन्द्र तथा नेपाल इन्जीनियरीङ्ग परीषदका अध्यक्ष शालिग्राम सिंहले बा३ च ८१७६ र बा ६ च ८३०९ नम्वरका गाडीहरु दिएका छन् ।
काकुसियरीले आइतवार पनि बिभिन्न दलका नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ । भारतको हिन्दूवादी राजनीतिक दल भाजपाले नेपाल हिन्दूराज्य हुनुपर्ने धारणा राख्दै आएको छ ।
Comments - Post Now

No comments:

Post a Comment