काठमाडौँ, जेठ ७ (नागरिक)- आदिवासी जनजाति महासंघको आह्वानमा तीन दिने बन्दको पहिलो दिन आज बिहानैदेखि राजधानीको जनजीवन प्रभावित भएको छ। राजधानीका विभिन्न चोकमा बन्दकर्ताहरुले सवारी साधन चल्न रोक लगाएका छन्। बन्दका कारण शैक्षिक संस्था, कलकारखाना, उद्योगधन्दा चल्न सकेका छैनन् । आजको बन्दलाई आन्दोलनरत बृहत् मधेसी मोर्चाले पनि समर्थन गरेको छ। मोर्चाको आह्वानमा जेठ १ देखि तराईका केही जिल्ला बन्द छन्। आज त्यहाँ छैटौँ दिन लगातार बन्द भएको हो।
नाम र सीमाङ्कन बिनाको ११ प्रदेशको सहमति खारेज गर्नुपर्ने, पहिचानसहितको संघीयता हुनुपर्ने, आदिवासी जनजातिका हक अधिकार सुनिश्चित गर्नुपर्नेलगायतका माग राखेर उनीहरु आन्दोलनमा छन् ।
No comments:
Post a Comment