Saturday, May 19, 2012

‘सामूहिक घेराबन्दीमा परेँ’

काठमाडौं, जेष्ठ ६ - माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफू सामूहिक घेराबन्दीमा परेको बताएका छन् ।
‘मैले सम्झौता गर्दा पनि प्रचण्डले सम्झौता गरे भनेर हल्ला गर्छन्,’ किरातहरुको साकेला पर्वका अवसरमा शनिबार राजधानीमा आयोजित कार्यक्रममा उनले भने, ‘शान्तिपूर्ण अधिकार खोज्नुस् भन्दा जातीय दंगा फैलाउन खोज्यो भन्छन्, अहिले म सामूहिक घेराबन्दीमा परेको महसुस गरेको छु ।’
११ प्रदेशमा तीन दलबीच सहमति भए पनि मधेसी मोर्चाले अस्वीकार गर्ने बताएपछि उक्त प्रस्तावअगाडि नबढाउने उनले बताए । उनले ६ देखि १६ प्रदेशमा सहमति हुनेसमेत दाबी गरे ।
'भोलिसम्ममा नयाँ सहमति आउँछ'
- दीपेन्द्र बडुवाल
चितवन- माओवादी अध्यक्ष पुष्पकमल दाहलले संविधान जारी गरेर समुन्नत नेपाल निर्माण गर्न राजनीतिक दल सामु सहमतिको विकल्प नरहेको बताएका छन् । उनले शान्ति प्रक्रिया सम्पन्न भइसकेको अवस्थामा सहमतिका लागि सकारात्मक वातावरण बनेकोबताए ।
उनले प्रक्रिया छोटयाएर संविधान निर्माणका लागिअहिले रहेका मतभेद अन्त गर्न प्रमुख राजनीतिक दल निरन्तर छलफलमा रहेको जनाउंदै भोलि सम्ममा नयाँ सहमति कायम हुने जनाए । चितवनको भरतपुर स्थित नमुना नारायणी उमाविको स्वर्ण महोत्सव समारोहमाबोल्दै उनले अहिले मुलुकमा विभिन्न जात, भाषा, धर्म र भुगोलको पहिचानका लागि बिरोध कार्यक्रम संचालन हुनुलाई अन्यथा मान्न नहुने बताए ।
इतिहाँसमा एकचोटी गठन हुने संविधानसभाले बनाउनेसंविधानमा आफनो पहिचान उल्लेख गराउन बिरोधका कार्यक्रम गरिएपनि राष्ट्रिय अखण्डता सर्वोपरी हुनुपर्नेमा जोड दिए । 'सामाजिक सदभाव नखलबलियोस भनेर सचेत बन्नै पर्छ,' उनले भने,'यस्तो बेला विवेक,धर्य र साहस प्रदर्शन गर्न नसके समाजमा अप्ठेरो पर्छ ।'

No comments:

Post a Comment