Saturday, May 12, 2012

यार्सागुम्बा टिप्न जादा दुई युवकको मृत्यु

वैशाख ३०- बझाङमा यार्सागुम्बा संकलनका लागि हिँडेका दुई युवकको भीरबाट लडेर मृत्यु भएको छ।
यार्सागुम्बा संकलनका लागि गएका बझाङ सुर्मा गाविसका जयबहादुर बोहरा र काटा गाविसका देव वहादुर ऐरीको भीरवाट खसेर मृत्यु भएको हो।
बोहराको चुप्पी भिरवाट तथा ऐरीको धामेला गाविसमा पर्ने माझाँ भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक सुर्य केसीले बताए।
चार दिन अघि दुवै जना भीरवाट लडेका भएपनि मृकतका आफन्तले शुक्रवार मात्रै जानकारी गराएको डिएसपीकेसीले बताए। प्रहरीका अनुसार मृतकका आफन्तहरुले शव जिम्मा लिई दासंस्कार गरिसकेका छन्।
यार्सागुम्बा संकलन गर्न आउ-जाउ गर्दा बर्षेनी संकलकहरुले भीरवाट लडेर तथा लेक लागेर ज्यान गुमाउँछन्।
यार्सागुम्बा पाइने हिमाली भेगमा वाटोघाटो असुविधा हुँदा भीरबाट लड्ने र हिउँमा चिप्लीएर मृत्यु हुने गरेको हो। गत बर्षमात्रै यार्सागुम्बा संकलनका क्रममा बझाङमा ७ जनाको मृत्यु भएको थियो।

No comments:

Post a Comment