Tuesday, May 15, 2012

नेपालबारे संयुक्त राष्ट्रसंघीय महासचिवको चासो

काठमाडौ, जेष्ठ २ - संयुक्त राष्ट्रसंघले नेपालको भावी संविधानमा संघीय राज्यको स्वरुपकाविषयलाई लिएर मुलुकका विभिन्न स्थानमा भइरहेको आन्दोलन,बढेको तनाव र त्यसले जनजीवन कष्टकर बनेकोप्रति गम्भीर चासो व्यक्त गरेको छ ।
राष्ट्रसंघीय महासचिव वान कि मुनले विभिन्न क्षेत्रमा भइरहेको आन्दोलनका कारण जनवीवन अस्तव्यस्त भएको भन्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनका आधारमा माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । महासचिव वानले बिरोधको कार्यक्रमलाई शान्तिपूर्ण बनाएर मानवीय साहयताको सहज पहुँचको वातावरण निर्माण गर्न सम्बन्धित पक्षसंग आग्रह समेत गरेको उनका प्रवक्त मार्टिन नेसर्कीले बताए ।
यस्तै, उनले पिछिडिएका वर्गसंग विगतमा भएका सहमति कार्यान्वयन गर्नुका साथै संघीयतामा आफ्नो भूमिका घट्ने चिन्तामा रहेका समुदायलाई आश्वस्त पार्न सरकारलाई सुझाव दिएका छन् । महासचिव वानले संविधान जारी गर्ने मिति नजिकिदै गर्दा दलहरुले पार्टीगत स्वार्थबाट माथि उठेर सहमतिको बिन्दु पहिल्याउनुपर्ने सुझाएका छन् ।
प्रकाशित मिति: २०६९ जेष्ठ २ ११:४

No comments:

Post a Comment