Tuesday, May 15, 2012

नवलपरासीमा एक दर्जन गाडी तोडफोड

नवलपरासी, जेष्ठ २ - पूर्व पश्चिम राजमार्गको बुटवल-दाउन्ने खण्डको बासा भन्ने स्थानमा बन्दकर्ताले मंगलबार एक एम्बुलेन्स सहित १३ वटा गाडीमा तोडफेाड गरेर क्षति पुर्‍याएको छ ।
हिजो(सोमबार) राति नवलपरासीको दाउन्नेदेखि पुर्व गैडाकोट सम्म यातायात खुलेपछि पश्चिमतर्फगएका ती गाडिलाई बन्दकर्ताहरुले बासा भन्ने स्थानमा बिहान तोडफोड गरेर क्षति पुर्‍याएका ह्ुन् । गाडिमा एक्कासी ढुङ्गामुढा गर्दा एक ट्रकका चालक सामान्य घाइते भएका छन् । तोडफोडमा देबदह मेडिकल कलेज रुपन्देहीको लु १ च ३००६ नम्बरको एउटा एम्बुलेन्स , एउटा जिप , दुई वटा बस र अरु सबै ट्रक परेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । अधिकांसको सिसा फुटेको छ ।यात्रु र चालक भने जोगिएका छन् ।
बन्दका सर्मथकहरु आज बिहानै देखि नवलपरासीको बासा ,चोरामारा, कावासोतीमा राजमार्गमा निस्किएर प्रर्दशन गरिरहेका छन् । उनिहरुले हातमा लठ्ी लिएर बजार बन्द गराउदै हिडेका छन् । कावासोतीमा रहेका एक दर्जन सरकारी कार्यालयहरु र त्यत्तिकै संख्यामा रहेका बैंक र अन्य संघसंस्थाका कार्यालयपनि बन्द रहेका छन् । बजारमा तरकारी र अत्यावस्यकिय सामान समेत किन्न नपाउदा सर्वसाधारणको जिवनयापनमा बाधा पुगेको छ ।
थारु प्रदेशकोमाग गर्दै थारु संयुक्त संर्घष समितिले आब्हान गरेकेा बन्दका कारण दोश्रोदिनपनि नवलपरासीको जनजिवन ठप्प रहेको छ । राजमार्गमा यातायात चलेको छैन भने कलकारखाना, शैक्षिक संस्था र मुख्य बजार बन्द रहेको छ ।
प्रकाशित मिति: २०६९ जेष्ठ २ १२:०५

No comments:

Post a Comment