Friday, May 18, 2012

वर्वादै भयो अपरिचितको चिया खाँदा.....! | मोफसल

मेघालयको कोइलाखानीमा मजदुरी गरी कमाएर ल्याएको रकम एक ठगले कुम्ल्याएपछि एक व्यक्ति विचल्लीमा परेको छ । भोजपुर बस्ने २३ वर्षीय मणिकुमार राईलाई विहिवार दिउँसो ३ बजे काँकरभिट्टा बसपार्कमा दुईजना ठगले २५ हजार भारतीय रूपैयाँ ठगेको हो । अपरिचित ती दुई व्यक्तिलाई भारतीय रूपैयाँ साट्न दिँदा उनीहरूले नोटको आकारको कागजका बण्डल बनाई, बण्डलको माथि र मुनीको भागमा केही नेपाली सयको नोट राखेर रूमालमा बेरेर दिएको थियो । नोट दिएलगत्तै उनीहरू गायब भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुकदेव खनालले वताए।
पीडित राईको अनुसार, बाटोमा सामान्य चिनजान भएपछि उनीहरूको आग्रहमा बसपार्कस्थित एक चिया पसलमा चिया खाएलगत्तै उनलाई रिङ्गटा र झाडापखाला सुरू भएको थियो । सोही समयमा उनीहरूलाई रूपैयाँ साट्न दिएको उनले बताए । इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राईले जानकारी गराएपछि प्रहरीले खोजबिन गरिरहेको जनाएको छ ।
Comments - Post Now

No comments:

Post a Comment