Saturday, April 28, 2012

सिरहाको शिवनगरमा भीषण आगलागी, सय घर जल्यो

सिरहाको वरियारपट्टी-८, शिवनगर टोलमा आगलागी भएको छ। आगलागीबाट शिवनगर गाउँको १ सय घर जलिसकेको छ भने आगो फैलिने क्रम जारी छ। अहिले सिरहामा तेज हावा रहुरी चलिरहेकाले आगो तीव्र गतिमा फैलिरहेको छ।
आगो नियन्त्रणका लागि घटनास्थलमा रहेका स्थानीयदीपेन्द्र यादवले बताएअनुसार हुरीकै कारण आगो नियन्त्रमा समस्या भइरहेको छ।
वरियारपट्टी सशस्त्र वेस क्याम्प र प्रहरी चौकीका सुरक्षाकर्मी अनि स्थानीयले बाल्टिनबाट पानी छयाप्दै आगो नियन्त्रणको प्रयत्‍न गरिरहे पनि डेढ बजे सुरु भएको आगलागी नियन्त्रणमा आउन सकेको छैन। कसको कति घर जले र कसरी आगलागी सुरु भयो खुल्न सकेको छैन। चारैतिर चिच्याहट छ, सबैले आगो निभाउने प्रयास गरिरहेका छन्। तर पनि हावा हुरीका कारण आगो फैलिँदै गइरहेको यादवले बताए।
आगो नियन्त्रणका लागि लहानस्थित वारुण यन्त्रलाई खबर गरेको झन्डै आधा घण्टा भए पनि अहिलेसम्म आइनपुगेको उनले बताए। लहानबाट घटनास्थल शिवनगर २५ किलोमिटर पश्चिम दक्षिणको दूरीमा पर्छ। घटनास्थल जाने बाटो जिरोमाइल वरियारपट्टी सडक खण्ड जीर्ण भएकाले वारुणयन्त्रपुग्न अबेर भइरहेको छ।

No comments:

Post a Comment