Sunday, October 20, 2013

पेसा नमिल्दा ३५ हजार युवा विदेश जानबाट रोकिए

३ कात्तिक, काठमाण्डौं । वैदेशिक रोजगार विभागले दिएको पूर्व
श्रमस्वीकृतिअनुसार भिसामा पेसा र कम्पनी नमिल्दा ३५ हजार युवा विदेश
जानबाट रोकिएका छन् । साउदी अरबमा पेसा तथा कम्पनी र मलेसियामा भिसा
नम्बर (केडीएन) नमिल्दा भिसा आएका कामदार जान नपाएका हुन् ।
म्यानपावर व्यवसायीले भने भिसाका लागि ठूलो धनराशी खर्च भइसकेकाले
उनीहरुलाई जसरी पनि जान दिनुपर्ने माग गरेको कारोबार दैनिकमा खबर छ ।
भिसा आइसकेका कामदारका लागि ठूलो खर्च भइसकेको भन्दै व्यवसायीसँगको
सम्झौताका आधारमा अन्तिम श्रमस्वीकृति दिनुपर्ने माग उनीहरुको छ ।
म्यानपावर कम्पनीले जुन मुलुक, पेसा र कम्पनीमा पूर्वश्रमस्वीकृति लिएको
छ त्यसलाई फरक नपारीकन अन्तिम श्रम स्वीकृति दिनुपर्ने व्यवस्था वैदेशिक
रोजगार ऐनमा छ ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष बलबहादुर तामाङले कानुनले
पूर्व श्रमस्वीकृतिभन्दा भिसामा फरक पेसा भए अन्तिम श्रम स्वीकृति दिन
नहुने व्यवस्था भएकाले भिसा आइसकेका करिब ३५ हजार युवा विदेश जानबाट
रोकिएको जानकारी दिए ।

No comments:

Post a Comment