Sunday, July 7, 2013

२५ प्रतिशत ट्राभल एजेन्सी गैर कानुनी

काठमाडौं, असार २३ - सरकारले ट्राभल एजेन्सीको अनुगमन गर्ने क्रममा ठमेल
र सिनामंगलमा २५ प्रतिशत कम्पनी अनाधिकृत रुपमा सन्चालित रहेको फेला
पारेको छ ।
राष्ट्र बैंकले राख्ने विदेशी मुद्राको आम्दानी कम हुदै गएपछि गरिएको
सर्वेक्षणमा अनाधिकृत रुपमा काम गर्ने कम्पनीले भ्रमण प्याकेजमा समेत
न्युन बिजकीकरण गर्ने गरेको खुलासाभएको हो । मुलुकको विदेशी मुद्रा
संकलनमा राम्रो हिस्सा ओगट्ने पर्यटन क्षेत्रका लागि पनि ट्राभल
व्यवसायले मेरुदण्डको काम गर्छ ।
यसअघि अत्यावश्यक वस्तु, पानी, सुन र पेट्रोलिय पदार्थमा अनुगमन तिव्र
पारेको सरकारले गत सातादेखि ट्राभल व्यवसायको पनि अनुगमनथालेको हो ।
अधिकारीहरुका अनुसार दुई ठाऊँमा नमुनाको रुपमा काम शुरु गरिएको हो ।
जुन प्रकारको परिणाम आयो, अनाधिकृत काम गर्नेहरुको संख्या निकै ठुलो हुन
सक्ने उनीहरु बताउँछन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय,
उद्योग महाशाखालेहालसम्म ठमेल र सिनामंगलमा ६२ ट्राभल एजेन्सीमा गरेको
अनुगमनमा १७ वटाले गैरकानुनीसेवा सन्चालन गरेको पाईएको हो ।
'तीमध्ये ३ वटाको विरुद्ध कारवाही शुरु गरेका छौ,' महाशाखा प्रमुख
पूर्णचन्द्र भट्टराईले भने, 'अन्यको कारवाही हुने क्रम जारी छ ।' यी
कम्पनीहरुले अनुगमनका क्रममा दर्ता तथा अन्य कानुनी कागजात देखाएका
थिएनन् । महाशाखाले सबैलाई ३ दिनको समय दिएर आवश्यक कागजात बुझाउन
निर्देशन थालेको छ ।
एजेन्सी सन्चालनसम्बन्धि नियमअनुसार अनुमति नलिई व्यवसाय चलाउने विरुद्ध
सरकारले २० हजार रुपैयाँ जरिवाना गराउने र व्यवसाय बन्द गराउन सक्ने
व्यवस्था

No comments:

Post a Comment