Sunday, July 7, 2013

विमानस्थलमै विमान जलेपछि (फोटो फिचरस

२३ असार, काठमाडौं । अमेरिकाको सनफ्रान्सेसको विमानस्थलमा अवतरणका क्रममा
विमान दुर्घटना भएको छ । जसमा कम्तिमा २ जनाको मृत्यु भएको छ भने दजनौं
घाईते भएका छन् ।
दक्षिण कोरियाको राजधानी सियोलबाट उडेको बोईङ ७७७ अवतरणको क्रममा
दुर्घटनाग्रस्त भएको अधिकारीहरुले बताएका छन् । ट्विटरमा पोष्ट गरिएको
तस्विरमा यात्रुहरु विमानबाट हामफालेर दौडिरहको र विमानमा आगो लागेको
देखाइएको छ ।
विमानमा २ सय ९१ यात्रु र १६ चालक दलका सदस्य थिए । यात्रुहरुमा १ सय ४१
चिनियाँ, ७७ दक्षिण कोरियाली र ६१ अमेरिकी नागरिक थिए । उनीहरुमध्ये १ सय
९० जनालाई सकुशल उद्दार गरिएको छ धो ४९ जनाको अवस्था गम्भीर रहेको
बताइएको छ ।
प्रारम्भीक अनुसन्धान अनुसार विमानस्थलको बारमा ठोक्किएर विमान दुर्घटना
भएको अनुमान गरिए पनि दुर्घटनाको कारण अहिले सम्म खुल्न नसकेको बीबीसीले
जनाएको छ । pic @ http://www.onlinekhabar.com/2013/07/90756/

No comments:

Post a Comment