Thursday, January 24, 2013

दैलेखमा कुटाकुट, हेटौडामा हातेमालो

११ माघ, काठमाडौं । नेकपा एमाओवादीको जिल्ला अधिवेशन बिथोल्ने क्रममा
विपक्षी कांग्रेस, एमाले र सत्तारुढ दलवीच दैलेखमा बुधबार रगतपच्छे हुने
गरी झडप भए पनि केन्द्रीय महाधिवेशनस्थल हेटौडामा भने एमाओवादीको
महाधिवेशन सफल पार्न विपक्षी दलका नेताहरुले प्रतिवद्धता जनाएका छन् ।
महाधिवेशनको तयारीका लागि हेटौडा पुगेका एमाओवादी प्रवक्ता अग्नि
सापकोटाको टोलीसँग बिहीबार एमाले र कांग्रेसका नेताले महाधिवेशन सफल
पार्न आफ्ना तर्फबाट सहयोग रहने बताएका हुन् । एमाओवादी नेता सापकोटाको
टोलीले मकवानपुरमा रहेका विपक्षी राजनीतिक दलका नेतासँग भेट गरी
महाधिवेशनलाई सहयोग गर्न आग्रह गरेपछि विपक्षी नेताहरुले महाधिवेशन
सफलताको अगि्रम शुभकामना दिएका हुन् ।
एमाओवादी नेतासँगको छलफलमा कांग्रेसका मकवानपुर सभापति रघुरमन न्यौपाने,
सचिव विष्णु दहालर पूर्वसभापति रामचन्द्र अर्याल-माइकल) सहभागी
हुनुहन्थ्यो । त्यस्तै एमालेका जिल्ला अध्यक्ष रामेश्वर राना, अञ्चल
कमिटीका नेता अनन्त पौडेल रपूर्वसांसद एवं पार्टी सचिव कृष्ण दहालले पनि
एमाओवादी नेताहरुसँग छलफल गर्नुभएको थियो ।
छलफलमा कांग्रेस, एमालेका नेताहरुले ऐतिहासिक महाधिवेशनस्थल हेटौडालाई
बनाएकोमा एमाओवादी नेताहरुलाई धन्यवाद दिएको स्रोतले बतायो ।
'महाधिवेशनस्थल हेटौंडालाई छान्नुभएकोमा धन्यवाद दिन चाहन्छौं,
राजनीतिकरुपमा जतिसुकै विमति भए पनि तपाईहरुको महाधिवेशन सफल पार्न
हाम्रोतर्फबाट पूर्ण सहयोग रहनेछ, हामीबाट कुनै अवरोध हुनेछैन ।'-विपक्षी
नेताको भनाइ उद्धृत गर्दै स्रोतले अनलाइनखबरसँग भन्यो ।
सापकोटासहित एमाओवादी केन्द्रीय कार्यालयका मूख्य सचिव हितराज पाण्डे,
ताम्सालिङ राज्य समिति संयोजक विश्वभक्त दुलाल (आहुती) र एमाओवादी जिल्ला
इन्चार्ज विजयसहितका नेताहरुले बिहान नेकपा एमाले र साँझ नेपाली
काँग्रेसका जिल्ला नेतासँग महाधिवेशनको सन्दर्भमा छलफल गरेका हुन् ।
त्यस्तै उद्योग वाणिज्य संघ मकवानपुरका पदाधिकारीसँग पनि भेट गरी
एमाओवादी नेताहरुले महाधिवेशनमा सहयोगका निम्ति आग्रह गरेका छन् ।
एमाओवादी जिल्ला इन्चार्ज विजयले अन्य व्यक्तिहरुसँग पनि सर्वपक्षीय छलफल
भइरहेको जानकारी दिनुभयो ।
होटलमा सरकारी अनुगमन
यसैबीच एमाओवादी महाधिवेशनको सँघारमा हेटौंडा बजारका केही होटलहरुमा
जिल्ला प्रशासन कार्यालयको अगुवाइमा अनुगमन गर्न थालिएको छ । बिहीबार
गरिएको अनुगमनमा क्षेत्रीय खाद्य तथा गुण नियन्त्रक कार्यालयका अनुसन्धान
निरीक्षक कौशल ओझासमेतको सहभागिता थियो ।
अनुगमनका क्रममा हेटौंडाका केही होटललाई आइन्दा कानून विपरीतको काम
नगर्ने गरी चेतावनीसमेत दिइएको प्रशासनका शाखा अधिकृत कपिल रेग्मीले
सञ्चारकर्मीलाई बताउनुभयो। अनुगमनका क्रममा होटल ओभरसिज, न्यू लोकपि्रय
भोजनालय, होटल एभोकाडोलगायतका होटलहरुलेअखाद्य पदार्थको प्रयोग गरेको,
भान्सा फोहोर राखेकोर अखाद्य तेल प्रयोग गरेको पाइएको प्रशासनको आरोप छ ।
अनुगमनका क्रममा घलान होटल एण्ड लज र होटल डाउन टाउनको भान्छा सुधारका
लागि निर्देशन दिइएको अनुगमनकर्ताहरुले बताएका छन् ।
खर्च कति करोड
एमाओवादी नेताहरुले महाधिवेशनमा लाग्ने अनुमानित खर्चबारे फरक-फरक
प्रतिक्रिया दिएका छन् । महाधिवेशन व्यवस्थापन कमिटीका संयोजक एवं आर्थिक
समितिका सदस्य रहेका प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार
देवेन्द्र पौडेलले महाधिवेशनमा ५ करोड खर्च लाग्ने मिडियालाई प्रतिक्रिया
दिनुभएको छ भने प्रवक्ता सापकोटाले बिहीबार हेटौडामा ८ करोड खर्च लाग्ने
बताउनुभएको छ ।'महाधिवेशनमा आठ करोडको हाराहारीमा खर्च हुने देखिएको छ,
तर यसलाई कम गर्ने कोशिश भइरहेको छ ।'-सापकोटाले स्थानीय पत्रकारलाई
बताउनुभयो ।
आगामी माघ २० बाट शुरु हुने महाधिवेशनलाई मध्यनजर गरी तयारी तिब्र
पारिएको माओवादी केन्द्रीय कार्यालयका सचिव हितराज पाण्डेले जानकारी
दिनुभयो । प्रतिनिधि छनौटका हिसाबले पचास प्रतिशत र तयारीका हिसाबले असी
प्रतिशत काम सकिएको पाण्डेले बताउनुभयो ।
सुशीललाई प्रधानमन्त्री बनाउन सकिन्छ- सापकोटा
यसैवीच क्रान्तिकारी पत्रकार संघ मकवानपुरले हेटौंडामा आयोजना गरेको
पत्रकार सम्मेलनमा प्रवक्ता सापकोटाले महाधिवेशनको व्यस्तताका बाबजुद पनि
आफ्नो पार्टीले सहमतिका लागि प्रयास जारी राखेको भन्दै सुशील कोइरालालाई
प्रधानमन्त्रीबनाउन आफूहरुको विमति नभएको बताउनुभयो । 'खनाल, दाहाल वा
अन्य व्यक्तिको कुराभन्दा पनि अग्रगमन र जनताको भावनालाई ध्यानमा राखेर
काम गर्ने व्यक्ति प्रधानमन्त्री हुनुपर्छ ।' उहाँले भन्नुभयो ।
सापकोटाले स्वतन्त्र व्यक्तिको नेतृत्वमा छिटो निर्वाचनमा जानु सबैभन्दा
उचित हुने भन्दै यसका लागि दलहरु तयार हुनुपर्ने बताउनुभयो ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete