Saturday, July 6, 2013

उत्तराखण्डमा अझै सयौं नेपाली बेपत्ता

२२ असार, नयाँदिल्ली । बाढीपहिरोको प्रकोपमा तहसनहस बनेको बद्रीनाथ
केदारनाथ क्षेत्रमा मानवीय उद्धारका काम सकिउको उत्तराखण्ड सरकारले घोषणा
गरे पनि सयौं नेपाली तीर्थालुको अझै अत्तोपत्तो हुन सकेको छैन् ।
दिल्लीस्थित नेपाली दूतावासले सम्पर्कहीन रहेका नेपालीको खोजी तथा उद्धार
प्रयासमा तयार गरेको सूचीमै एक सयभन्दा बढी तीर्थयात्रु रस्थानीय
श्रमिकको नाम छ । उनीहरु असार २ यता हराइरहेका छन् । उत्तराखण्ड सरकारले
सम्पर्कहीन र बेपत्ता भनिएका व्यक्तिहरु असार ३१ जुलाई १५ सम्म नभेटिएको
खण्डमा तिनको मृत्यु घोषणा गर्ने तथा सम्बद्ध परिवारलाई राहतस्वरुप
आर्थिक सहायता गर्ने घोषणा गरेको छ । बाढीपहिरो सुरु भएको २१ दिन भइसकेका
बेला राज्य सरकारले १० हजारभन्दा बढीको निधन भएकोर ३ हजार ६४ जना अझै
सम्पर्कहीन रहेको जनाइसकेको कान्तिपुर दैनिकमा खबर छ ।
'सम्पर्कहीन नाम दर्ता र खोजीको अनुरोध आधारमा दूतावासमै झन्डै एक सय
नेपालीतीर्थयात्रु र बद्री केदारमा रहेका श्रमिकको नाम यहाँ संकलित छ,'
दूतावास अधिकारी भन्छन्, 'उत्तराखण्ड राज्य सरकारले मृत्युको औपचारिक
घोषणा नगरी हामी केही भन्न सक्ने अवस्थामा छैनौं ।' तीर्थयात्रुको खोजी र
सम्पर्कमा उृत्तराखण्डका देहरादून, हरिद्धार, ऋषिकेश आएका नेपालीहरु अब
आफन्तजन भेट्न असम्भव मान्दै स्थानीय प्रहरी चौकीहरुमा प्रथम सूचना दर्ता
गर्दै घर फिर्ने क्रम बढेको छ ।

No comments:

Post a Comment