Friday, July 5, 2013

किरिया बसिरहेका बेला जिउँदै फर्केपछि...

रुकुम, असार २० - भारतीय तिर्थस्थल केदारनाथ बाढीपहिरोमा परी मृत्यु
भएकोखबर आएपछि घरपरिवारले काजक्रिया सुरु गरेको चार दिनमा मृतक भनिएका
व्यक्ति घर आइपुगेका छन् ।
यहाँस्थित झुला - १ का ३१ वर्षीय डिल्लीबहादुर ओलीको मृत्यु भएको भन्दै
घरपरिवारले किरिया गर्दैगर्दा उनी टुपलुक्कै आइपुगेका हुन् । मजदुरीका
लागि भारत गएका उनी केदारनाथको बाढिमा परेको भन्दै आफन्तहरुले खबर
ल्याएका थिए । बाढीमा परेका कारण उनको मृत्यु भएको अनुमानले परिवारले
चारदिनदेखि किरिया सुरु गरेका थिए । घरपरिवारले कुशको प्रतिमा गराएर
उनको दाहसंस्कार गरी हिन्दु परम्परा अनुसार किरिया गरेकोआफन्त धनबहादुर
ओलीले बताए ।'मेरो पनि १३ दिने भाई भएकाले मैलेपनि कपाल मुन्डन गरेर नुन
छोडेको थिए,' उनले कान्तिपुरसित भने, 'उ किरिया गर्दागर्दै टुपलुक्क
आएपछि भोज गरेर खुसीयाली मनायौँ ।'
उनी घरमा आएपछि उनको किरिया बसेका र जुठो वारिरहेका आफन्तहले खुसी
व्यक्त गर्दै खसी नै काटेर भोज गरेका छन । उनको ४ दिनेको किरियाको
सम्पूर्ण प्रकृया पनि अन्त्यगरेको ओलीले बताए । केदारनाथमा भारी
बोक्दैगर्दा उनीसँगै गएका चार साथीहरुसँग बाढिमा परेकाथिए ।
उनलाई बाढिमा पसेको देखेका र बाँचेर फर्किएका दुई आएका आफन्तहरुले घरमा
खबर गरेपछि घरपरिवारले किरिया गरेका थिए। किरियामा उनकी श्रीमती र दुई
छोरा थिए । ओली भिषण बाढीबाट बचेर फकिर्दा घरपरिवार र गाउँमा खुशीयाली
छाएको छ । उनी १ बर्षअघि मजदुरीका लागि भारत गएका थिए

No comments:

Post a Comment