Friday, July 5, 2013

वैदेशिक रोजगारीमा नेपाल सबैभन्दा अव्यवस्थित

२१ असार, काठमाण्डौं । वैदेशिक रोजगराीका कामदार पठाउने स्रोत मुलुकमध्ये
नेपाल सबैभन्दा अव्यवस्थित रहेको पाइएको छ । अन्य स्रोत मुलुकको तुलनामा
कम्प्युटराइज्ड प्रणाली नहुनु, आवश्यक कार्यालय तथा जनशक्ति नहुनुका साथै
अदक्ष कामदार पठाउनुले नेपाल सबैभन्दा अव्यवस्थित देखिएको हो ।
नेपालजस्तै बढी कामदार पठाउने बंगलादेश, श्रींलका र फिलिपिन्सलगायतका
मुलुक धेरै व्यवस्थित पाइएको श्रम तथा रोजगार मन्त्रालयका सचिव सुरेशमान
श्रेष्ठले बताए । 'ठगी नियन्त्रणका लागि आवश्यकसबै काम उनीहरुले गरेका
छन् ,' उनले भने ।
भर्खरै सम्पन्न अन्तर्राष्ट्रिय श्रम संगठनको सम्मेलनमा सहभागिता जनाएर
फर्किएका सचिव श्रेष्ठले अन्य मुलुकको अवस्थालाई आधार मान्दा अव्यवस्थित
ढंगबाट कामदार पठाउने मुलुकमा नेपाललाई १ नम्बरमा राख्न सकिने बताए ।
नेपालबाट बाषिर्क ३ लाख ५० हजारभन्दा बढी युवा वैदेशिक रोजगारीमा जाने
गरेको कारोबार दैनिकमा खबर छ । चालु आर्थिक बर्षको ११ महिनामा मात्र ४
लाख ४ हजारभन्दा बढी कामदार विदेश गएका छन् ।

No comments:

Post a Comment