Monday, June 24, 2013

रेग्मी निवासको बम निस्क्रिय पार्न ३ घण्टा (फोटो फिचर)

पाल्पा — मन्त्रिपरिषद अध्यक्षखिलराज रेग्मीको पोखराथोक-६ धोवादीस्थित
घरलाई लक्ष्यित गरी राखेको बमलाई नेपाली सेनाले निस्क्रिय पारेको छ।
सोमबार बिहान ६ बजे बम देखेपछि घर रेखदेखमा बस्ने श्रीराम थापाले
प्रहरीलाइ खबर गरेका थिए। नेपाली सेनाको बुटवलस्थित २२ नम्बर बाहिनीको बम
डिस्पोजल टोलीले झण्डै ३ घण्टा लगाएर कुकुर बम निस्क्रिय पार्यो।
पाल्पाका प्रहरी प्रमुख डिएसपी स्थानेश्वर रेग्मीका अनुसार कालो झोलामा
राखिएको प्रेसर कुकर र टाइम बम सँगै नेकपा माओवादी (क्रान्तिकारी)को लेटर
प्याडमा प्रेस विज्ञप्ति समेत फेला परेको छ। विज्ञप्तिमा वर्तमान सरकार र
चुनावको विरोध गरिएको छ ।
क्रान्तिकारीका २ नम्बर मध्ये फर्मेसन कमाणडर हिमाल र कमिसार दर्शनले
हस्ताक्षर गरेको विज्ञप्तिमा वर्तमान सरकारले देशलाइ निकास दिने भन्दा
पनि रक्तपात मच्चाउने दिशातर्फ धकेलेको उल्लेख छ।
२२ नम्बर बाहिनी वुटवलका सहसेनानी मातृका कुँवर मगरको नेतृत्वमा आएको
डिस्पोजल टोलीले बम सफलतापूर्वक निस्क्रिय पारेको हो । दुई लिटरको प्रेसर
कुकरमा डेटोनेटर दुई थान जडान गरिएको थियोभने गन पाउडरले भरिएको थिए। बम
भेटिएपछि अध्यक्ष रेग्मीको घर खेत स्याहारेर बसेका थापाको परिवार त्रसित
छ।
बम डिस्पोजलको तयारी http://nagariknews.com/main-story/story/3241

No comments:

Post a Comment