Monday, June 24, 2013

आफ्नै गाउँमा कुटिए पूर्व सभासद

१० असार, बारा । एकीकृत नेकपा माओवादीका पूर्व सभासद शिवचन्द्र कुशवाह
बरियारपुरस्थित आफ्नै गाउँमा कुटिएका छन् । बरियापुर ५ मा रहेको भुटनदेवी
प्राथमिक विद्यालयबारे उत्पन्न विवादमा शनिबार साँझ स्थानीयले उनीमाथि
आक्रमण गरेका हुन् ।
'आक्रमणबाट मलाई जोगाउन प्रहरी सफल भए पनि मेरा सहयोगी भिखम महतो गम्भिर
घाइते छन्,' पूर्व सभासद कुसवाहले भने । उनको वीरगञ्जस्थित अस्पतालमा
उपचार भइरहेको बारा प्रहरीले जानकारी दिएको सोमबार प्रकाशितनागरिकदैनिकमा
खबर छ ।
भुटनदेवी प्रावि झोले विद्यालय रहेकाले त्यसलाईखारेज गर्नुपर्छ भन्दै
कुशवाहले जिल्ला शिक्षा अधिकारीबाट पत्र लेखाएको भन्दै स्थानीयले शनिबार
साँझ उनको घर घरेका थिए । स्थानीयले घर घेरेपछि प्रहरी सुरक्षामा रहेका
कुशवाहलाई बरियारपुर बजार लैजान खोज्दा झडप भएको थियो स्थानीय जाइलागेपछि
प्रहरीलाई छुटाउन हम्मेहम्मे परेको थियो ।
स्थानीय लक्ष्मी साहले भने 'गरीबका छोराछोरी पढ्ने विद्यालयलाई खारेज
गराउन लागेकाले विरोधमा उत्रिएका हौं ।'

No comments:

Post a Comment