Tuesday, June 25, 2013

रक्सी खुवाएर आफ्नै साथीद्धारा किशोरीमाथि सामुहिक बलात्कार

११ असार, हेटौंडा । हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा १२ कक्षामा अध्ययन
गरिरहेकी मकवानपुरको भीमफेदी गाविसका एक किशोरी आफ्नै साथीहरुबाट सामूहिक
बलात्कारको सिकार भएकी छन् ।
सँगै सिनेमा हेर्न गएका दुई युवाले खाजाखाने क्रममा मदिरा सेवन गराएर
सामूहिक बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । हेटौंडा १० स्थित
नारायणी होटलमा शनिबार राति ९ बजेदेखि १२ बजेसम्म किशोरीमाथि सामूहिक
बलात्कार गर्ने पाँचजनालाई प्हरीले पक्राउ गरी आवश्यक अनुसन्धान थालेको छ

भीमफेदी-५ की १८ बर्षकी ती किशोरी र उनकी साथी सिद्धार्थ उच्चमावि
हेटौंडामा कक्षा १० की छात्रा ओम चलचित्र मन्दिरमा सिनेमा हेर्न गएका थिए
। दुवै किशोरीसँगै सिनेमा हेर्न जाने भीमफेदीका विकास स्याङतान र
आमभन्ज्याङका होमबहादुर स्याङतानबीच पहिलेदेखि चिनजान थियो ।उनीहरु ३-६
को शो हेर्न गएको अन्नपूर्ण पोष्टमा खबर छ । souce onlinekhabar.com

No comments:

Post a Comment