'सासूको व्यवहारका कारण लाजिम्पाटमा बस्न सकिँन'
३१ जेठ, काठमाडौं । एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डका एकमात्र छोरा
प्रकाश दाहालकी परित्यक्त श्रीमती सिर्जना त्रिपाठीले पोखरास्थित आफ्नो
माइतीघरबाट गुनासो गर्दै देश बदल्न हिँडेको मान्छेको घरभित्रै समस्या
रहेको पोल खोलेकी छन् । प्रचण्ड असल मान्छे रहेको र उहाँले आफूलाई माया
गर्ने गरेको भए पनि सासू सीता दाहालका कारण लाजिम्पाट छाडेर माइत
जानुपरेकोसिर्जनाको दुखेसो छ । प्रचण्डपुत्र प्रकाशले बिनामगरसँग विवाह
गरेपछि छोरो लिएर माइत गएकी सिर्जना अहिले पोखरामै स्नातकोत्तर पढिरहेकी
छन् ।
आफ्नो छोराको जन्मदर्ता नहुँदा विद्यालय भर्नामा समस्या परेको गुनासो
गर्दै सिर्जनाले भनेकी छन्- 'जन्मदर्ता नभएर अहिले बाबुलाई स्कुल भर्ना
गर्नसमेत समस्या भएको छ । मैले बुवा (प्रचण्ड) पोखरा आएका बेला यो
समस्याबारे भनेँ । उहाँले 'हुन्छ, काठमाडौं गएर बनाउँला,' भन्नुभयो । पछि
'तिमी र बाबुलाई चितवन लगेर बनाउँला,' भन्नुभयो । त्यसपछि यसबारे केही
कुरा भएको छैन ।'
'मिरर न्युज' मासिक पत्रिकाको तेस्रो अंकलाई लामो अन्तरवार्ता दिँदै
प्रचण्डकी बुहारी सिर्जनाले छोराको जन्मदर्ता मात्रै नभई आफू र प्रकाशवीच
अहिलेसम्म विवाह दर्तासमेत नभएको दुखेसो पोखेकी छन् । सिर्जनाको भनाइ छ-'
मलाई धेरै कुराले टर्चर दिएको छ, अहिले मेरा लागि मुख्य कुरा मेरो छोरो
हो । म यसका लागि लडिरहेकी छु । सधैँ लडिरहन्छु । उसको अहिलेसम्म
जन्मदर्ता छैन । त्यसले पनि समस्या पारेको छ । स्कुल भर्ना गर्दा
जन्मदर्ता चाहिन्छ । अझ अर्को समस्या त हाम्रो विवाह दर्तासमेत गरिएको
छैन ।उतिबेलै मैले 'विवाह दर्ता गरौँ' भनेकी थिएँ । तर, प्रकाशले 'ह्या,
दुनियाँलाई थाहा छ हामीले विवाह गरेको, किन विवाह दर्ता चाहियो ?' भने ।
त्यतिबेला विवाह दर्ता गर्न मानेनन् ।'
प्रचण्ड असल सीता खराब
सगरमाथा आरोहणपछि बिना मगरलाई लिएर प्रकाश बेपत्ता भए पनि आफू छोरो लिएर
प्रचण्ड निवास लाजिम्पाटमै केही महिना बसेको र बुबा (प्रचण्ड)को व्यवहार
राम्रो पाए पनि मम्मी (सीता दाहाल) को व्यवहार सहन नसकेर माइत (पोखरा)
जान बाध्य भएको सिर्जनाको गुनासो छ । आफ्नो र प्रकाशको सम्बन्ध यस्तो
हुनुमा प्रचण्डको कुनै दोष नरहेको र आफ्ना कारणले प्रचण्डलाई असर पार्न
नचाहेको सिर्जनाको भनाइ छ ।
'बुवा (प्रचण्ड)को मप्रति सधैँ राम्रो व्यवहार रहेको छ । उहाँले
भन्नुभएको छ, 'तिमीलाई मेरो सधैँ सपोर्ट हुन्छ ।' उहाँले बिनालाई ल्याएर
घरमा राख्दिनँ समेत भन्नुभएको छ । 'तिमीलाई र प्रकाशलाई समान व्यवहार
गर्छु, मेरो नाति छ,' भन्ने बुवाको भनाइ छ ।' सिर्जना भन्छिन्- 'प्रकाशका
कारण म बुवा (प्रचण्ड) लाई असर पुर्याउन चाहन्न । बुवाको कारणलेत होइन
नि यो सबै भएको । बुवालाई असर नपुगोस् भनेरमात्रै हो म चुप लागेर बसेकी ।
मम्मीलाई त म मनै पराउँदिँन । म पनिउहाँलाई नंग्याउन सक्छु । तर, मम्मी
(सीता)को केही कुरा गरे पनि सिधै बुवा (प्रचण्ड) सँग जोडिन्छ । त्यही भएर
म धेरै बोल्न सकेकी छैन ।'
चरित्रहीन प्रकाशले यतिबेला मिडियामा आफ्नो चरित्रमाथि प्रश्न उठाउन
थालेकोमा आपीत्त जनाउँदै चरित्र हत्या नगर्न चेतावनीसमेत दिएकी छन् ।
यसबारे उनले फोन गरेर प्रचण्डलाईसमेत जानकारी गराएको बताएकी छन् ।
माओले पाँचवटी बिहे गरेका थिए रे !
आफ्ना ससुराले भारतबाट फर्केपछि पोखरामा आफु र आफ्नो परिवारसँग भेट गरेको
सिर्जनाले बताएकी छन् । तर, सो भेटमासीता दाहालले माओत्सेतुङले पाँचवटी
श्रीमती बिहे गरेका थिए भन्दै आफ्नो छोराको पक्षमा वकालत गरेको र आफूलाई
पाल्न नसक्ने बताएको गुनासो उनको छ । सिर्जनाले भनेकी छन्- 'भारतबाट
फर्केपछि बुवा (प्रचण्ड) पोखरा आउनुभएको थियो । बुवाले धेरैपटक मलाई
बोलाउनुभयो । म नगएर घरभित्रै बसिरहेँ । बुवाले लगातार बोलाउनुभयो ।
'सिर्जना तिमी एकछिन त आऊ, तिमीसँग सल्लाहमात्रै गर्नु छ । भेट्न मन
लागेको छ । बाहिर आऊ,' भन्नुभयो । अनि गएँ । मेरो बुवा (माइतीघर) पनि
जानुभएको थियो मसँगै । त्यहाँ सीता मम्मी चर्किनुभयो । 'माओका त पाँचवटी
श्रीमती थिए, मेरो छोराले फेरि बिहे गर्यो त के बिग्रियो' भनेर उहाँ
बुवासँग कराउनुभयो । म बाहिर थिएँ । म भित्र गइँन किनभने मलाई मम्मी
(सीता)को अनुहार नै हेर्नै मन लागेन । उहाँले गरेको व्यवहारले मलाई अहिले
पनि एकदमै पीडा महसुस हुन्छ । बुवा
(प्रचण्ड) सँगसँगै हिँडेको मान्छे उहाँ त । अलिकति त 'चेन्ज' हुनुपर्ने,
बुझ्नुपर्ने हो नि । देश बदल्छु भनेर हिँडेको मान्छेको घरमै त्यस्तो
समस्या छ । मम्मीको कुरा सुनेर मलाई अचम्म लाग्यो ।'
मिरर न्युजमा प्रकाशित सिर्जनाको भनाइको सम्पादित अंश
१७/१८ वर्षकै उमेरमा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका
छोरा प्रकाशसँग मेरो बिहे भयो। ०६४ माघ ३ गते म बुहारीकारूपमा प्रचण्डको
घरमा भित्रिएँ । प्रकाश आफैँले मन पराएर मलाई माग्न घरमा आएका थिए । तिनै
प्रकाशले पछि एक दैनिक पत्रिकामा 'मम्मी (सीता)ले जबरजस्ती विवाह
गराइदिएको' भनेर अन्तर्वार्ता दिएको पनि पढेँ ।
विवाहपछि सबै कुरा राम्ररी नै चलेको थियो । बुवा (प्रचण्ड)ले निकै माया
गर्नुहुन्थ्यो मलाई । मम्मी (प्रचण्डपत्नी-सीता)को भने सुरुदेखि नै
राम्रो व्यवहार पाइनँ । छोरामात्रै भन्ने उहाँको बानी । प्रकाशको पनि
केटी मामिलामा त्यस्तो नराम्रो बानी थिएन । रक्सी खाने बानी भने थियो ।
बिनासँग अलिअलि सम्बन्ध हुन थालेपछि प्रकाशको व्यवहार परिवर्तन हुन
थाल्यो । रक्सी खाएर झगडा गर्नुका साथै बेलाबेला ममाथि हात पनि उठाउन
थाले । मैले असाध्यै मेहनत गरेर सम्झाउन पनि खोजें । तर, मेरो कोसिस
व्यर्थ भयो । बिनासँग प्रकाशको सम्बन्धबारे बिस्तारै घरमा सबैलाई थाहा
हुन थाल्यो । मम्मी (सीता)लाई त अझ राम्ररी थाहा थियो । बुवा
(प्रचण्ड)लाई पनि थाहा थियो जस्तो लाग्छ । घरका सबैले त्यहीबेला पहल गरेर
उनीहरूलाई टाढा गरेको भए हुन्थ्यो जस्तो लाग्छ ।
प्रकाश र बिनाबीच गहिरो सम्बन्ध सुरु भएको उनीहरूले रसुवामा आरोहणबारे
एउटा तालिम लिएर फर्केपछि हो । त्यताबाट फर्केपछि उनीहरूसँगै मर्निङवाकमा
जान्थे । रसुवाबाट अलिअलि सुरु भएको सम्बन्धलाई दिन दिनैको मर्निङवाकले
थप सुमधुर बनाएजस्तो लाग्छ । तर, तिनीहरूको सम्बन्ध त्यसभन्दा पुरानो भने
होइन । त्यही सगरमाथा चढ्ने कुरा चल्न थालेपछि उनीहरूको नजिकबाट चिनाजानी
भएको हो । हिमचिम बढ्दै गएपछि उनीहरूका गतिविधिबारे घरमा पनि सबैलाई थाहा
हुन थाल्यो । सगरमाथाबाट फर्केपछि प्रकाशले बिनालाई लिएर फ्याट्ट
हिँडेपछि त सबै कुरा बाहिर आइहाल्यो । त्यसभन्दा अगाडि उनीहरूबीचको
सम्बन्ध छलफलमा थियो, खासगरी प्रकाश र मेरोबीचमा मात्र । जे थियो,
घरभित्रै थियो । बुवा (प्रचण्ड)ले पनि धेरै सम्झाउनुभयो प्रकाशलाई । 'तँ
नै बद्मास रहेछस्, यस्तो गर्ने हो तैंले ? तँ निस्किहाल घरबाट' भनेर
बुवाले प्रकाशलाई धेरै झपार्नुभयो । तर, पनि केही भएन । प्रकाश बुवाका
अगाडि बोल्दै नबोल्ने । मम्मीले धेरै कुरा लुकाउने । मम्मीले बुवालाई
'टेन्सन' हुन्छ भनेर कुरा लुकाउने । व्यवहार नै त्यस्तै हो उहाँको त ।
छोराप्रति अन्धोप्रेम थियो मम्मी (सीता)मा । हुन त छोराछोरीप्रति
बुवाआमाको माया हुन्छ नै । मेरो पनि छोरा छ । तर, माया गर्ने भन्दैमा
आँखा चिम्लेर तगर्नु भएन नि । छोराछोरीले गल्ती गरेमा सम्झाउने मात्रै
होइन, आवश्यक परे झपार्नु पनि पर्छ ।
अहिले प्रकाशसँग मेरो सम्बन्ध बिग्रिएको छ । उनले त अहिले मेरोबारे जे
पनि भन्छन् । उनी कस्ता हुन् भन्ने कुरा त उनको पृष्ठभूमि हेरेरै थाहा
हुन्छ । पहिला पनि यस्तो घटना भएकै हो । स्थिति कस्तो थियो ? उनको
मोटामोटी कुरा सबै त बाहिर आएकै हुन् । पत्रकारले पनि देखेकै कुरा हो ।
प्रकाशलाई अहिले एउटै कुरा चासो छ, कसरी हुन्छ मबाट अलग हुने । त्यही भएर
अनेकथरि कुरा गर्दै हिँडेका छन् । उनलाई यतिबेला सिर्जनाले डिभोर्स दिए
हुन्थ्यो भन्ने चिन्ता मात्रै छ । त्यही भएर उनले मलाई कसरी टर्चर दिउँ
भन्ने सोचेका छन् । त्यस्तो व्यवहार गरिरहेका छन् । ममाथि चारैतिरबाट
प्रहार गरिरहेका छन् उनले ।
मेरो विषयमा समाचार आयो । मैले यो विषयमा बुवा -प्रचण्ड)सँग पनि फोनमा
कुरा गरे । 'बुवा (प्रचण्ड) तपाइले मलाई सधैँ समान व्यवहार गर्छु
भन्नुहुन्थ्यो खै गरेको ?' भनेर सोधेँ । 'प्रकाश मेरोबारे मिडियामा
जथाभावी बोल्दै हिँडेका छन्, यदि तपाईं मलाई सपोर्ट गर्नुहुन्छ भने कुनै
सार्वजनिक कार्यक्रममा मिडियाले त्यत्तिकै प्रचार गरेको हो भनेर
बोलिदिनुस् । होइन, तिमी आफ्नो तरिकाले जाऊमलाई मतलब छैन भन्नुहुन्छ भने
म आफ्नो तरिकाले जान्छु' भनेर बुवा (प्रचण्ड)सँग गुनासो गरेँ । बुवाले
'होइन, होइन, म सहयोग गर्छु नि,' भन्नुभएको छ ।
सबैलाई थाहा भएकै कुरा हो, प्रकाश नहुँदा पनि म आठ महिनासम्म
लाजिम्पाटमै बसेँ । मम्मी (सीता)को व्यवहार सधैँ त्यस्तै । उहाँबाट
कहिल्यै पनि राम्रो व्यवहार र माया पाउन सकिनँ । अन्तिममा साह्रै भएर
निस्केकी हुँ लाजिम्पाटबाट । बुवा (प्रचण्ड)ले मलाई सधैँ सम्झाउने
गर्नुहुन्थ्यो । 'बाहिर गयो भने अप्ठ्यारो पर्छ' भन्ने उहाँको कुरा थियो
। उहाँले 'मेरो व्यवहार तिमीलाई जस्तो प्रकाशलाई कहिले हुँदैन'
भन्नुहुन्थ्यो र थियो पनि । बुवा (प्रचण्ड)ले गर्दा म बाहिर आउन नचाहेकी
हुँ । आफ्नो गल्ती भएर म मौन बस्या होइन । अहिले त मेरो गल्ती भएजस्तो
देखाउन खोजिएको छ ।
हामी सबैले गर्दा उहाँहरू आजको ठाउँमा पुग्नुभएको हो, एक्कासी आकाशबाट
झरेर पुग्या त होइन । उहाँको 'ब्याकग्राउन्ड' स्थिति अहिलेको मेरो परिवार
(माइती)को जुन स्थिति छ, त्योभन्दा पनि नाजुक थियो । हाम्रो (माइती)
गरिबीलाई देखेर प्रकाशले 'यसको केही छैन' भन्ने ठानेका होलान् । त्यही
भएर कसरी टर्चर दिउँ भन्ने सोचेका होलान् ।
सबै सत्य एक बाहिर आउँछ । अहिले कति आउँछ थाहा छैन । मेरो बुवा (माइती घर
पोखराका)ले बल्ल हिजोआज मम्मी (सासू सीता) को व्यवहार बुझ्दै हुनुहुन्छ ।
यो घटना उत्कर्षमा पुगेका बेला मेरो बुवा (पोखरा) काठमाडु आउनुभएको थियो
। मम्मी (सीता)ले झगडा गरेर 'म तपाईंकी छोरी पाल्न सक्दिनँ । आफ्नो छोरो
त गयो, गयो, अब तपाइकी छोरी पाल्न सक्दिनँ,' भन्नुभएछ ।
भारतबाट फर्केपछि बुवा (प्रचण्ड) पोखरा आउनुभएको थियो । बुवाले धेरैपटक
मलाई बोलाउनुभयो । म नगएर घरभित्रै बसिरहेँ । बुवाले लगातार बोलाउनुभयो ।
'सिर्जना तिमी एकछिन त आऊ, तिमीसँग सल्लाहमात्रै गर्नु छ । भेट्न मन
लागेको छ । बाहिर आऊ,' भन्नुभयो । अनि गएँ । मेरो त्यत्ति कुरा भएन ।
मेरो बुवा (माइतीघर) पनि जानुभएको थियो मसँगै । मम्मी पनि सँगै
हुनुहुन्थ्यो । मेरो बुवा (पोखराको)सँग प्रचण्ड बुवाले भित्र कुरा
गर्नुभयो । त्यहाँ सीता मम्मी चर्किनुभयो । 'माओका त पाँचवटी श्रीमती
थिए, मेरो छोराले फेरि बिहे गर्यो त के बिगि्रयो' भनेर उहाँ बुवासँग
कराउनुभयो । म बाहिर थिएँ । पछि मेरो बुवा (पोखराको)ले यस्तो भन्नुभयो
भनेर मलाई सुनाउँदा कस्तो नराम्रो लागेर आयो । म भित्र गइनँ किनभने मलाई
मम्मी (सीता)को अनुहार नै हेर्ने मन लागेन । उहाँले गरेको व्यवहारले मलाई
अहिले पनि एकदमै पीडा महसुस हुन्छ । बुवा (प्रचण्ड) सँगसँगै हिँडेको
मान्छे उहाँ त । अलिकति त 'चेन्ज' हुनुपर्ने, बुझ्नुपर्ने हो नि । देश
बदल्छु भनेर हिँडेको मान्छेको घरमै त्यस्तो समस्या छ । मम्मीको कुरा
सुनेर मलाई अचम्म लाग्यो ।
बुवा (प्रचण्ड)को मप्रति सधैँ राम्रो व्यवहार रहेको छ । उहाँले भन्नुभएको
छ, 'तिमीलाई मेरो सधैँ सपोर्ट हुन्छ ।' उहाँले बिनालाई ल्याएर घरमा
राख्दिनँ समेत भन्नुभएको छ । 'तिमीलाई र प्रकाशलाई समान व्यवहार गर्छु,
मेरो नाति छ,' भन्ने बुवाको भनाइ छ । तर, प्रकाशको बानी नै त्यस्तो छ,
उल्टै मलाई आरोप लगाउँदै हिँड्ने । यदि मेरो चरित्र खराब छ, योेसँग
हिँडेकी छ भन्ने थाहा छ भने प्रकाशले देखाइदिऊन् न त । म त्यसैसँग जान्छु
। होइन भने मलाई न्याय दिनुपर्यो । जथाभावी आरोप लगाउन त पाइँदैन नि ।
आफैँ गल्ती गर्ने अनि अरूलाई आरोप लगाउने ? यो त राम्रो कुरा होइन ।
बुवा (प्रचण्ड)ले 'मिडियाले जे पनि भन्छ, धेरै उचाल्छ । तिमी चिन्ता
नगर,' भन्नुभएको छ । मलाई कतै जागिर व्यवस्था गर्ने कुरा उहाँले
गर्नुभएको छ । मेरो छोरालाई होस्टेलमा राखिदिने उहाँले भन्नुभएको छ ।
त्यसो गर्दा बाबुलाई मैले पनि भेट्न पाउने र बुवा (प्रचण्ड)ले पनि भेट्न
पाउने हुन्छ भन्ने उहाँको कुरा हो । तर, म मेरो छोरालाई कुनै पनि हालतमा
छाड्दिनँ । उहाँहरूसँग सबै सेवा सुविधा छ । मेरो छोरोलाई उहाँहरूको जति
सेवा सुविधा मैले दिन सक्दिनँ होला । तर, मेरो क्षमताले भ्याएसम्म
बाबुलाई राम्रोसँग पढाउन चाहन्छु । अहिले मिडियामा बुवा(प्रचण्ड)ले
बाबुलाई आफूसँग राख्न ७५ लाख दिन्छु भनेर प्रस्ताव गरेको भनेर आएको पनि
देखेँ । त्यो सरासर गलत हो । उहाँले त्यस्तो केही कुरै गर्नुभएको छैन ।
हाम्रो (पोखरा) परिवारका तर्फबाट झन् त्यस्तो कुरा जानै सक्दैन ।बुवा
(प्रचण्ड)ले त बाबुलाई होस्टेलमा राखिदिने कुरा मात्रै गर्नुभएको हो ।
बुवा (प्रचण्ड)ले नातिलाई धेरै माया गर्नुहुन्छ । पोखरा आएको बेला पनि
खेलाएर बस्नुहुन्छ । बाबुलाई केही दिनका लागि लैजान खोज्नुभएको थियो ।
तर, मैले 'बुवा मेरो जीवन भनेको यही हो' भनेर लैजान दिइनँ । लाजिम्पाटमा
पनि बाबुलाई काखमा लिइरहनुहुन्थ्यो बुवाले । बाबु हुर्केर १८ वर्ष
पुगुन्जेलसम्म म उसलाई राम्ररी हेर्छु । त्यसपछि उसलाई बुवा ठीक लाग्यो
भने उसैको इच्छा हो । मैलेअर्को विवाह नगरुन्जेल बाबुप्रति मेरा अधिकार छ
। यदि मैले बाबुप्रतिको उत्तरदायित्व वहन गरेको छैन भने उहाँहरूले लैजान
खोज्नु स्वाभाविक होला । तर, उसको बुवा -प्रकाश)को जसरी म अर्कैसँग
भागेकी त छैन नि । त्यस्तो म कहिल्यै गर्दा पनि गर्दिनँ । हाम्रो सम्बन्ध
बिगि्रएपछिप्रकाशले त बाबुसँग एकपटक कुरासमेत गरेको छैन ।
बुवा (प्रचण्ड)ले पनि 'कुनै पनि एंगलबाट पनि तिम्रो गल्ती छैन, के गर्ने
त्यही -प्रकाश) कुकुर भयो, गधा भयो । त्यसले गल्ती गर्यो,' भनेर पटक-पटक
भन्नुभएको छ । अब मम्मी (सीता)को त के कुरा गर्नु ? उहाँ त त्यस्तै हो,
छोरा-छोरा मात्रै भन्ने । छोराको गल्ती सबै नदेखेजस्तो गर्ने उहाँको बानी
।
श्रीमान् हो भनेर कहिलेकाहीँ मनमा प्रकाशप्रति माया पनिजाग्छ । मैले पाँच
वर्ष उनीसँग बिताएकी छु नि । सुध्रिन्छन् कि भन्ने आशा पनि थियो । त्यही
आशाले मात्रै म मौन बसेकी हुँ । मेरो मौनतालाई उल्टो बुझेर उनले त यसको
कोही पनि छैन भनेर साह्रै बेइज्जत पो गर्न थाले । आँट भए मेरो गल्ती के
हो देखाउनुपर्यो नि । मेरो चरित्र नराम्रो हुन्थ्यो र अर्कैसँग जाने मन
भए प्रकाशसँग सम्बन्ध बिग्रेको एक वर्षसम्म किन यसरी बस्थेँ ? अहिलेसम्म
त म खुसी भएर अर्को विवाह गरिसक्थेँ होला नि ! प्रकाशले विभिन्न तरिकाले
अहिले मसँग सम्बन्धविच्छेद मागिरहेका छन् । तर, म किन दिन्छु र यति सजिलै
। अहिले म डिग्री पढ्दै छु । हेरौँ, अगाडि के हुन्छ ।
सिर्जनाका विषयमा विस्तृत सामग्री मिरर न्युज मासिकले प्रकाशित
गhttp://www.onlinekhabar.com/2013/06/81792/
No comments:
Post a Comment