४ असार, काठमाण्डौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन
भाषा परीक्षा उत्तीर्ण गरी रोस्टरमा रहेका अधिकांश कामदार रोजगारीका लागि
कोरिया जान नपाउनेभएका छन् । सन् २०११ मा सञ्चालित भाषा परीक्षामा
उत्तीर्ण भई ईपीएसको रोस्टरमा रहेका कामदारको नाम आगामीडिसेम्बरदेखि
हट्ने भएकाले अधिकांश रोजगारीमा जान नपाउने भएका हुन् । अहिले ६
हजारभन्दा बढी नेपाली कामदार रोजगारीका लागि ईपीएसको रोस्टरमा बाँकी छन्
।
ईपीएसले सन् २०१३ का लागि करिब ९ हजारको रोस्टर तयार गरेको थियो ।
त्यसमध्ये सन् २०१३ सुरु भएपछि अहिलेसम्म ३ हजार कामदारको मात्र श्रम
करार (लेभर कन्ट्र्याक्ट) आएको ईपीएसले जनाएको छ । श्रम करार आएकामध्ये
करिब २ हजार नेपाली कामदार रोजगारीका लागि कोरिया गइसकेका छन् । तर, अझै
६ हजारभन्दा बढी रोस्टरमा रहेका कारण कोरियाले सबैलाई रोजगारीमा लैजाने
अवस्था नरहेको ईपीएसले जनाएको छ ।
ईपीएसका निर्देशक नारायण थापाले रोस्टरमा अझै ६ हजारभन्दा बढी कामदार
रहेकाले सबै कामदार रोजगारीमा जाने सुनिश्चितता नभएको बताए । '२०१३ का
लागि बनाइएको रोस्टरमा अझै ६ हजारभन्दा बढी कामदार बा"की छन्,' थापाले
भने, 'यीमध्ये धेरै कामदार यो वर्ष रोस्टरबाट हट्छन् ।' उनका अनुसार
रोस्टरमा राखिएका कामदारमध्ये ३ हजारभन्दा बढी हट्छन् । अहिले कोरियामा
कामको मुख्य समय भएकाले अब करिब ३ हजार कामदारको श्रम करार आए पनि बा"की
भने डिसेम्बरबाट रोस्टरदेखि नै हट्न सक्ने जनाइएको छ । सन् २०१३ का लागि
कोरियाले नेपाललाई ५ हजार ९ सय कामदार कोटा दिएकोराजधानीदैनिकमा खबर छ ।
२०१३ का लागि गत वर्ष भाषा परीक्षा सञ्चालन नगरे पनि यस वर्षलाई कोरियाले
५ हजार ९ सय कामदार कोटा नेपालका लागि छुट्ट्याएको थियो । कोरियाले सन्
२०१४ का लागि भाषा परीक्षाको तयारीसमेत गरिसकेकाले यो वर्ष ६ हजारभन्दा
बढी कामदार रोजगारीमा जाने सम्भावनासमेत नरहेको जनाइएको छ । कोरियन भाषा
परीक्षा उत्तीर्ण गरी रोजगारीमा जान सबै प्रक्रिया पूरा गरेर ईपीएसको
रोस्टरमा श्रम करार पर्खिरहेका कामदारले भने आफूहरू सबैको रोजगारीमा जाने
ग्यारेन्टी माग गर्दै आन्दोलन सुरु गरेका छन् । आगामी अक्टोबरमा २०१४ का
लागि चौथो कोरियन भाषा सञ्चालन हुने पक्का भएपछि रोस्टरमा रहेकालेआन्दोलन
थालेका हुन् ।
उनीहरूले रोस्टरमा रहेका सबैलाई कोरिया पठाउने ग्यारेन्टी गर्न सरकारसँग
माग गरेका छन् । रोजगारीमा जान प्रतीक्षामा रहेका कामदारले सोमबार श्रम
तथा रोजगारमन्त्रालयका निमित्त सचिव पुरुषोत्तम पौडेल र ईपीएस प्रमुख
नारायण थापालाई रोजगारीको ग्यारेन्टी माग गर्दै ज्ञापन–पत्रसमेत बुझाए ।
No comments:
Post a Comment