Saturday, June 22, 2013

क्लिक गरेर विदेशी सहयोग थाहापाइने

८ असार, काठमाडौं । वैदेशिक सहायतापारदर्शी नभएको गुनासो बढिरहेको समयमा
अर्थ मन्त्रालयले कसले दिएको कति सहयोग कहाँ उपयोग भएको छभनेर
सर्वसाधारणले थाहा पाउन सक्ने प्रणाली लागू गरेको छ । portal.mof.gov.np
लग अन गरेर सर्वसाधारणले यो जानकारी लिन सक्छन् । एक वर्षदेखि सरकार र
दाताको मात्र पहुँचमा रहेको यो सूचना प्रणाली शुक्रबारबाट सबैकोपहुँचमा
पुगेको छ ।
उक्त वेभसाइटमा दाताहरुले नेपाललाई दिएको ऋण, अनुदान र अन्य सहयोग
इन्ट्री गरेपछि सबैले हेर्न सक्छन् । यो प्रणालीले सरकार र दाता दुवैलाई
पारदर्शी बनाउने अर्थ मन्त्रालय वैदेशिक सहायता समन्वय महाशाखा सहसचिव
मधुकुमार मरासनीले बताउनुभयो । दाताहरुले इन्ट्री गरेको सूचना अर्थ
मन्त्रालयले भेरिफाइ गरेर प्रकाशन गर्ने पद्दति निर्माण गरिएको जानकारी
उहाँले दिनुभयो ।
यो वेभसाइटमा दाताले उपलब्ध गराएको सूचना मात्र उपलब्ध रहने हुँदा सबै
सहयोग रकम जानकारी हुने निश्चित भने गर्न सकिंदैन । चीनले अहिलेसम्म
सरकारको यो प्रणालीमा सूचना इन्ट्री गर्ने गरेको छैन । चीनले आफू दाता
नभई मित्र भएको नाताले सहयोग गरेको हुनाले सार्वजनिक गर्न आवश्यक नभएको
तर्क गर्ने गरेको छ । भारतले पनि धेरै सहयोग जानकारी गराउँदैन ।
अमेरिकाले प्रायः बजेट बाहिरबाट सहयोग गरे पनि यो प्रणालीमा सूचना उपलब्ध
गराउने गरेको छ । क्रमशः सबै दातालाई सूचना सार्वजनिक गर्न दबाब पर्ने
सहसचिव मरासिनीले बताउनुभयो । 'अहिले नै सबै सूचना पाउन सकिन्छ भनेर
उत्साहित हुन सकिन्न', उहाँले भन्नुभयो, 'तर क्रमशः सबै दाता र
मित्रराष्ट्र यो प्रणालीमा प्रवेश गर्नेछन् भन्ने हाम्रो विश्वास छ ।'
यो प्रणालीअनुसार कुनै जिल्ला विशेषमा कुन कुन दाताबाट बजेटमार्फत र सोझै
के कति ऋण तथा अनुदान प्राप्त भएको छ भन्ने सबैले थाहा पाउन सक्छन् ।
एउटै परियोजनामा धेरै दाताबाट सहयोग लिने तथा कागजी प्रक्रियामात्र
पुर्याएर सहयोग लिने प्रवृत्तिलाई यो प्रणालीले निरुत्साहन गर्नेछ । साथै
दाताहरुले अन्य दाताबाट नेपालमा के कस्तो सहयोग भइरहेको छ भनी तत्कालको
सूचना हेरेर आप\mनो निर्णय लिन पनि यसले सहयोग पुर्याउने छ ।

No comments:

Post a Comment