Sunday, June 23, 2013

सरकारी छात्रवृत्तिमा पढेका डाक्टर दुर्गम जान मानेनन्

९ असार, काठमाण्डौं । सरकारी छात्रवृत्तिमा एमबिबिएस अध्ययन गरी फर्केका
चिकित्सकमध्ये झन्डै एकतिहाइले दुर्गम क्षेत्रमा जान अटेरी गरेका छन् ।
उनीहरुले सुगम क्षेत्रमै रहेर काम गर्ने वातावरण मिलाइदिन सरकारी
अधिकारीलाई दबाब दिएका छन् ।
त्यसरी चिकित्सक जान नमान्ने जिल्लामा जाजरकोट, ओखलढुंगा, कञ्चनपुर,
भोजपुर, बर्दियालगायत छन् । ती जिल्लाका सदरमुकाममै रहेका अस्पतालमा
जानसमेत चिकित्सकले आनाकानी गरेका हुन् । नियमअनुसार छात्रवृत्तिमा
अध्ययन सकेका चिकित्सकले सरकारले तोकेको ठाउँमा गई दुई बर्ष काम
गर्नुपर्छ ।
चिकित्सक परिचालन निर्देशिका, ०६२ मा सरकारी छात्रवृत्तिमा एमबिबिएस
अध्ययन सकेका डाक्टरलाई दुईबर्ष तोकिएको स्थानमा गई सेवा दिनुपर्ने
उल्लेख गरिएको नयाँ पत्रिकामा खबर छ ।

No comments:

Post a Comment