राजविराज — विघटित संविधानसभा सदस्य सदरुल मियाँ हकको हत्यामा उनकै
श्रीमती नुरजहाँ खातुन र छोरी रुवेदा खातुन मुख्य योजनाकार रहेको
निष्कर्ष प्रहरीले निकालेको छ। अञ्चल प्रहरी कार्यालय राजविराजमा
अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै सिआइबीका डिएसपी दिनेश आचार्यले
सदरुल हत्यामा श्रीमती र छोरी संलग्न रहेको बताए।
छोरी नुरुजहाँको निकाहा (इङ्गेजमेन्ट) भारतीय नागरिक महोम्मद जमिल शेखसँग
भएको रसो निकाहालाई सदरुलले इन्कार गर्दै आएका कारण उनको योजना बनाइ उनको
हत्या गरिएको प्रहरीले निष्कर्ष निकालेको छ। 'निकाहालाई विवाहको रुप दिन
नुरजहाँ र रुबेदाले भारतीय नागरिक जमिरुललाई बोलाइ पाँच महिना अघि हत्या
योजना बनाएका थिए', प्रहरी अनुसन्धान प्रतिवेदनमा भनिएको छ- 'त्यसमा
भारतीय कन्ट्रयाक किलर ल्याउने किस्थानीय किलरबाट हत्या गराउने भन्ने
विषयमा पाँच महिना बित्यो।' अन्ततः सिराहाका अब्दुल रउफ र अनेल शेखलाई
हत्याको ठेक्का दिएर सदरुलको हत्या भएको खुलेको छ। उनीहरुलाई १ लाख ८०
हजार भुक्तान गरेको प्रहरी अनुसन्धानबाट खुले पनि कति हत्याका लागि जम्मा
कति पैसा दिइयो भन्ने अनुसन्धान हुन बाँकी छ।
उनीहरु दुवै जना जमिरुलका साथी हुन्। जमिरुल झारफुकको कामका लागि
नेपालतिर आइरहन्थे। यही सिलसिलामा सदरुलको घरमा पनि झारफुकको क्रममा आउने
जाने बढेको थियो। सोही क्रममा छोरी रुवेदासँग प्रेम बसेपछि विवाहका लागि
निकाहा गरिएको थियो। पूर्वसभासद सदरुल त्यसको विपक्षमा उभिएका थिए।
हत्यामा संलग्न पाँच मध्ये ३ जनालाई प्रहरीले पक्राउ गरी शुक्रबार
सार्वजनिक गरेको छ। पक्राउ पर्नेहरुमा सदरुलकी श्रीमती नुरजहाँ, छोरी
रुवेदा र कन्ट्रयाककिलर अब्दुल रउफ छन्। source nagariknews.com
No comments:
Post a Comment