Saturday, May 5, 2012

यूएन गाडी उछिट्टिँदा असइको मृत्यु

रामेश्वर कार्की, धादिङ, वैशाख २३- पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बैरिनी- ८ गल्छी चोकमा इन्डियन नम्बर प्लेटको टेलर पल्टिँदा टेलरले बोकेको यूएनको गाडी उछिट्टिएर ड्युटीमा रहेका प्रहरी असइको मृत्यु भएको छ। मृत्यु हुने धादिङ कल्लेरीका पहलमान शाक्य हुन्।
काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको एन एल ०१ के ०१६४ नम्बरको टेलर ब्रेक फेल भएर एक्कासि पल्टिएको थियो। दुर्घटनामा स्थानीय मिलन श्रेष्ठ गम्भीर घाइते भएका छन्।

No comments:

Post a Comment