Friday, June 7, 2013

"मिस मिडवेस्टमा धाँधली"

नेपालगन्ज, जेष्ठ २४ - 'मिस मिडवेस्ट' प्रतियोगितामा बुधबार 'बेस्ट
स्माइल' टाइटल आफ्नो नाममा परेलगत्तै सिमरन गुप्ताको मुहारमा
मुस्कानसट्टा रोदन र आक्रोश देखा पर्‍यो । आँखाभरि आँसु पारेर उनी
आयोजकविरुद्ध उत्रिन्, 'ट्यालेन्टलाई भन्दा पैसालाई महत्त्व दिइयो ।'
अरू प्रतिस्पर्धी सविना केसी, शिखा थापा र मेलिनाशाहीले पनि विजेता छनोट
पक्षपातपूर्ण भएको, आयोजकले घूस खाएको आरोप लगाएका छन् । अम्बिका खत्री
'मिस मिडवेस्ट' तथा शुभाङ्गी गुप्ता फस्टरनर अप र बिन्ती आले सेकेन्ड रनर
अप चुनिएपछिअन्य प्रतिस्पर्धीले 'दालमा कालो' देखेका हुन् । 'यस्तो
पक्षपात होला भन्ने सोचेको थिइनँ,' सविनाले भनिन् ।
फाइनल चरणमा १२ सुन्दरी पुगेका
थिए । तीनजना बाहेक अरू सबैले तीव्र आलोचना गरेकाछन् । 'व्यक्तिगत
निकटताका आधारमा विनर बनाइयो,' शिखाले आरोप लगाइन्, 'अब त कहिल्यै भाग
लिन्नँ ।' सविनाले थपिन्, 'दिनभरि भोकै राखे । खाए नखाएको समेत वास्ता
गरेनन् । बेकारमा पैसा मात्र गयो ।'
सुन्दरी हुने चाहना बोकेका राष्ट्रिय महिला क्रिकेट टिमका दुई खेलाडी
ममता थापा र रेखा बीसी पनि रित्तो हात
फर्किए । 'मेरो त मनै मर्‍यो,' रेखाले भनिन्, 'अब क्रिकेटकै तालिमतिर लाग्छु ।'
आयोजक पवन सोत्रीले भने विजेता छनोट निष्पक्ष ढंगले भएको दाबी गरेका छन्
। भने, 'विनरमा आफू नपरेपछि नचाहिँदो आरोप लगाएका हुन् ।'
तर जजमध्येका विनोद ज्ञवालीले छनोट पक्षपातपूर्ण नै भएको ठोकुवा गरेका
छन् । उनले भने, 'व्यक्तिगत निकटताका आधारमा विजेता बनाइएजस्तो लाग्यो ।'

No comments:

Post a Comment