कोरिया- दक्षिण कोरियामा एक नेपाली कामदारको मृत्यु भएको छ। चार वर्षअघि
इपिएसमार्फत् यहाँ आएका ललितपुर झोछी-२ काराजेश महर्जनको मृत्यु भएको
नेपाली दूतावासका श्रम सहचारी अनिल कुमार गुरुङले बताए। उनका अनुसार
उल्सानस्थित कोरिया स्पेसल ग्याइन्डिङ् ह्वील कम्पनीमा कार्यरत महर्जनको
साढे २ बजे बिहान श्वास फेर्न नसकेपछि मृत्यु भएको हो। गुरुङसँगै
कोरियामा एक महिनामा ४ नेपालीको मृत्यु भएको छ।
अहिले उनको शव नजिकैको अस्पतालमा राखिएको छ। यसबारे परिवारलाई खबर
गरिसकिएको गुरुङले जानकारी दिए। मृतक महर्जन ३२ वर्षका रहेका र उनी केही
महिनाअघि मात्र नेपाल गएर फर्किएको बताइएको छ। पछिल्लो एकमहिनाको अवधिमा
कोरियामा चार नेपालीको मृत्यु भएपछि यहाँका नेपालीहरु मर्माहत बनेका छन्।
No comments:
Post a Comment