२७ जेठ, काठमाडौं । विशेष अदालतले गुण्डागर्दी गरी अवैध सम्पत्ति आर्जन
गरेको अभियोग लागेका 'डन' परशुराम भनिने कृष्ण बस्नेतसँग २ करोड धरौटी
मागेको छ । अदालतले मागेको धरौटी बुझाउननसकेपछि बस्नेतलाई जग्ननाथ देवल
जेल चलान गरिएको छ ।
बस्नेत र उनकी श्रीमती सोमबार अदालतमा उपस्थित भएपछि अध्यक्ष केदारप्रसाद
चालिसे तथा सदस्यहरु मोहन रमन भट्टराई र भुपेन्द्रप्रसाद राईको इजलासमा
पेश गरिएको थियो । 'परशुरामसँग २ करोड धरौटी माग गरिएको थियो । तर,
बुझाउन सकेनन' अदालतका रजिष्टार धिरबहादुर चन्दले अनलाइनखबरसँग
भन्नुभयो-'जाहेजेथा धरौटी राख्न निवेदन आएको छ । उनलाई आज भने जेल चलान
गरिएको छ ।' इजलासले परशुरामकी उनकी श्रीमती अञ्जु सिंह बस्नेतलाई भने
साधारण तारेखमा रिहा गरेको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले परशुरामसहितका ५ डनविरुद्ध जेठ ५
गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । एमाले नेता केपी ओली निकट
युवा संघका नेता बस्नेतविरुद्ध विभागले ११ करोड ६१ लाख ४१ हजार १ सय ७७
रुपैयाँ विगो दावी गरिएको छ । साथै परशुराम र उनकी श्रीमतीको नाममा
विभिन्न बैंकमा रहेको रकम, शेयर, सवारी साधान र घरजग्गा जफत गर्न माग
गरिएको छ ।
फोरम लोकतान्त्रिकका नेता समेत रहेका डन गणेश लामा, दिपक मनाङ्गे र
अभिषेक गिरी फरार छन् भने चक्रे मिलन लागू औषधको मुद्दामा डिल्लीबजार
कारागारमा छन् ।
No comments:
Post a Comment