Monday, June 10, 2013

देउवा फर्केपछि माधव नेपाल दिल्ली जाने

कसले पुर्‍यायो प्रचण्ड र देउवालाई दिल्ली ?
२७ जेठ, काठमाडौं । एमाओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस वरिष्ठ नेता
शेरबहादुर देउवापछि अब एमाले वरिष्ठ नेता माधवकुमार नेपाल भारत जानु हुने
भएको छ । प्रचण्डले वैशाख १४ गतेबाट तीन दिन भारत भ्रमण गर्नुभएको थियो
भने कांग्रेस वरिष्ठ नेता देउवा आइतबार दिल्ली पुग्नुभएको छ ।
काठमाडौंस्थित भारतीय दूतावासनिकट स्रोतका अनुसार एमाले नेता नेपालले जून
महिनाभित्रै दिल्ली भ्रमण गर्ने तयारी छ । अर्थात देउवा फर्किएको केही
दिनपछि नेपाल भारत जानुहुनेछ । 'प्रचण्ड र देउवापछि एमाले नेता नेपाल
भारत सरकारको निमन्त्रणमा दिल्ली जानु हुनेछ' स्रोतले अनलाइनखबरलाई भन्यो

भारतले नेताहरुलाई दिल्ली बोलाएर कुनै हालतमा आगामी मंसिरमा संविधानसभाको
निर्वाचन गर्न दबावदिने गरेको छ । 'भारत मंसिरमा निर्वाचन होस्
भन्नेपक्षमा छ' स्रोतले भन्यो-'भारत जाने नेताहरुलाई पनि भारतीय
उच्चअधिकारीहरुले चुनावको वातावरण बनाउन दबाव दिँदै आएको छ । हालैमात्र
एमाओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराईले सार्वजनिकरुपमै भारत र चीनले
मंसिरमै चुनाव होस भन्ने चाहेको तर, पश्चिमा शक्तिहरु चुनाव भाँड्न
लागेको आरोप लगाउनुभएको थियो ।
कसले पुर्‍यायो प्रचण्ड र देउवालाई दिल्ली ?
झण्डै ३ वर्षको प्रयासपछि प्रचण्डलाई दिल्ली पुर्‍याउन माओवादी नेता
वर्षमान पुन अनन्तको महत्वपूर्ण भूमिका रहृयो । शीर्ष नेतृत्वको प्रयास
असफल भएपछि अनन्तले काठमाडौं दूतावासमा सचिवस्तरीय कर्मचारीसँग मित्रता
गाँस्नुभएको थियो, जसले प्रचण्डलाई दिल्ली पुर्‍याउन महत्वपूर्ण भूमिका
खेल्यो ।
अनन्तको लगातारको प्रयासपछि भारतीय दूतावासले प्रचण्डलाई दिल्लीको
औपचारिक निम्तो मिलाइदिएको थियो । अहिले देउवाले पनि दिल्ली जान
प्रचण्डकै फर्मुला लगाएको स्रोतको दाबी छ । देउवाका विश्वासपत्र
विमलेन्द्र निधीले दूतावासमार्फत भ्रमणका लागि लविङ गर्नु भएको थियो ।
'प्रचण्ड र देउवाको भ्रमणका लागि अनन्त र विमलेन्द्रले गरेको लबिङ थियो'
दूतावास स्रोतले भन्यो ।

No comments:

Post a Comment