३ असार, वीरगञ्ज । बलात्कृत एक युवतीलाई बयान परिवर्तन गर्न प्रहरी
अधिकृत कक्षमै कुटपिट गरिएको छ । पर्साको मड्ली ५ की युवतीले जिप्रकाका
नायब उपरीक्षकवासुदेव खतिवडाको कार्यकक्षमा महिला प्रहरीले आफूलाई लाठीले
कुटेको भन्दै कारबाही र न्यायका लागि नारायणी अञ्चल प्रहरीमा आइतबार
उजुरी दर्ता गरेकी छन् ।
आमा, बाबु र गाउँका भलादमीसहित आएकी युवतीले आफूलाई अपहरणशैलीमाजिल्ला
प्रहरीमा ल्ायएर बयान परिवर्तनका लागि दबाब दिएको उजुरीमा उल्लेख गरेकी
छन् । जेठ ३ गते सोही गाउँ बस्ने ४० बर्षका विनोद साह र विदेशी महतोले
राति ९ बजे घर नजिकको गोठमा मुख थुनेर सामूहिक बलात्कार गरेका थिए ।
बलात्कारपछि युवतीले रोईकराई गर्दै बाहिर आएपछि आमा, बुबा र गाउँलेले
तिनीहरुलाई समात्न खोजेका थिए । भोलिपल्ट इप्रका पोखरियामा उजुरी दर्ता
भएपछि महतोलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ । साह फरार रहेको
प्रहरीलाई उदृत गर्दै कान्तिपुर दैनिकले खबर छापेको
No comments:
Post a Comment