सहयोग हिमानी ट्रष्टमार्फत दिइने
७ असार, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले बाढी तथा पहिरो पीडितलाई
बुहारी हिमानीले सञ्चालन गरेको 'हिमानी ट्रष्ट'मार्फत २५ लाख सहयोग गर्नु
हुने भएको छ ।
ज्ञानेन्द्रका सहयोगी फणिराज पाठकले अनलाइनखबरलाई दिएको जानकारी अनुसार
सुदूर तथा मध्यपश्चिमका बाढी पहिरो पीडितलाई ज्ञानेन्द्र र उहाँको
परिवारका सदस्यहरुको तर्फबाट सो सहयोग प्रदान गर्न लागिएको हो ।
साथै पूर्वराजा ज्ञानेन्द्रले बाढी तथा पहिरो पीडितलाई नगद तथा अन्य
सरसामान सहयोग गर्न आहृवान गर्नु भएको छ ।
No comments:
Post a Comment