Saturday, June 1, 2013

बाघको आक्रमणबाट गम्भीर घाइते

पाल्पा- पाल्पा बराङ्दी गाविस–८ घिउसिबासका ४५ बर्षीय मोतिलाल बस्याल
बाघको आक्रमणबाट गम्भीर घाइते भएका छन्। शुक्रबार बेलुका करिब साढे ६ बजे
खोरियाबाट घाँसको भारी लिएर घर फर्कदै गरेका बस्याललाई घर नजिकै बाघले
झम्टेको स्थानीय कृष्ण भुषालले जानकारी दिए।
बाघले झम्टिएपछि घाँसको भारी सहित लडेका बस्यालको घाँसको थुप्रोमा
पुरिएका कारण ज्यान जोगिएको भुषालले बताए। चिच्याएर गुहार मागेपछि
गाउँलेले हल्लाखल्ला गर्दा बाघ भागेको थियो। घाइतेलाई तत्कालै मिसन
अस्पताल तानसेनमा उपचारका लागि भर्ना गरिएको थियो। उनी खतरामुक्त रहेका
अस्पतालले जनाएको छ।http://nagariknews.com/main-story/story/2184

No comments:

Post a Comment