Saturday, May 4, 2013

सप्तरीमा आगलागी, एक सय १५ घर जले

२१ वैशाख, सप्तरी । सप्तरीमा भएको आगलागीबाट एकसय १५ घर जलेर नष्ट भएका
छन् । सप्तरीको एक नम्वर योगिनिया गाविसमा गएरातिभिषण आगलागी हुदा एक सय
१५ घर जलेका हुन् ।
आगलागीले ३९ परिवारको एक सय १५ घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय
सप्तरीले जनाएको छ । राति करिब १२ बजेतिर वडा नम्वर ७ का स्थानिय ज्वाला
बनबरिया यादवको घरबाट आगलागी सुरु भएको थियो । गाउँमा सबै जनासुतेको
अवस्थामा लागेको आगोले एकै छिनमा वस्ती नै सखाप भएको हो। विद्युत सर्ट
भएपछि आगो लागेको हो ।
आगोलाई निभाउन राजविराजसहित सिरहाको लहान तथा सुनसरीको इटहरीबाट बारुण
यन्त्र मगाइएकोथियो । यसबाहेक स्थानीय बासिन्दा, नेपाल तथा सशस्त्र
प्रहरी र नेपाली सेनाको टोलीले आगोलाई बिहान ५ बजे नियन्त्रणमा लिएको
थियो । आगलागीबाट भएको क्षतिको पुर्ण विवरण आउन बाँकी रहेको जिल्ला
प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

No comments:

Post a Comment