Thursday, May 30, 2013

मानव तस्कर गर्ने अमेरिकी कम्पनी

१६ जेठ, काठमाण्डौं । नेपालले वैदेशिक रोजगारीका लागि जान रोक लगाइएका
इराक र अफगानिस्तानजस्ता मुलुकमा नेपाली कामदार पुर्‍याउन अमेरिकी निजी
कम्पनीहरु संलग्न रहेको पाइएको छ । युद्धग्रस्त मुलुकमा हरेका अमेरिकी र
बेलायती सेनाका क्याम्पमा कामदार भई पुग्ने नेपालीलाई अमेरिकी कम्पनीका
स्थानीय एजेन्टले सेटिङ मिलाएर लगिरहेका छन् ।
अमेरिकी सैनिक क्याम्पलाई कामदार दिलाउने ठेक्का पाएका ग्रेग्फोन,
एरोटेक, डीएफएस नाम गरेका कम्पनीले यस्तो जिम्मा लिएका छन् । उनीहरुले
कामदारलाई काठमाण्डौंदेखि दुबईसम्म पर्यटक भिसामा लैजाने र त्यहाँबाट
औपचारिक रुपमा कागजविना सीधै अमेरिका तथा बेलायती सेनाको क्याम्पमा
पुर्‍याउने गरेका छन् । तीन कम्पनीले नेपालीहरुलाई दुबईको ग्रान्ड, मरिन,
लेदरनेकलगायतका होटलमा केही दिन राख्ने र त्यहाँबाट क्याम्पको आफ्नै
जहाजमा सीधै क्याम्पमा पुर्‍याउने गरेको कारोबार दैनिकमा खबर छ ।
नेपाल प्रहरीको उच्च स्रोतका अनुसार अफगानिस्तानकोहेल्मन्ड क्याम्पमा
मात्रै ३० देखि ४० हजार नेपाली कामदार रहेको अनुमान छ । त्यसरी क्याम्पमा
काम गर्नेहरुले कुनै प्रकारको वैदेशिक रोजगारीको अनुमति नलिने र उनीहरुको
सुरक्षा तथा बिमाको कुनै ग्यारेन्टी पनि नहुने गरेको पाइएको छ ।source
onlinekhabar.com

No comments:

Post a Comment