Thursday, May 30, 2013

विदेश जानेका दैनिक १ हजार ५ सय एसएमएस !

१६ जेठ, काठमाण्डौं । वैदेशिक रोजगारीमा जान म्यानपावर कम्पनीमा राहदानी
(पासपोर्ट) बुझाएर अन्तिम श्रम स्वीकृति कुरेर घरमै बसेकाको लागि एसएमएस
सेवा निकै प्रभावकारी बनेको छ ।
म्यानपावरलाई बुझाएको राहदानी श्रम स्वीकृतिमा गएको वा नगएको पत्ता लगाउन
मात्र होइन, आफू जान लागेको देश, रोजगारदाता कम्पनी, गर्ने काम र तलब
सुविधासमेत एक मिनेटभित्रै थाहा पाउन सकिने भएपछि सेवाको प्रभावकारिता
बढेको हो । वैदेशिक रोजगार विभागले १५ दिनअघिबाट यो सेवा सुरु गरेको हेा

अन्तिम श्रम स्वीकृतिसम्बन्धी सम्पूर्ण जानकारी मिनेटभरमै एसएमएसबाट थाहा
पाउने हुँदा यो सेवा लिनेको चापसमेत ह्वात्तै बढेको छ । दैनिक १
हजारभन्दा बढीले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिँदै आएको
विभागमा एसएमएस सेवा लिनेको संख्या भने दैनिक १ हजार ५ सयको हाराहारीमा
रहेको राजधानी दैनिकमा खबर छ ।
दूरदराजदेखि सहरको भीडभाडबाटसमेत छिनभरमै वैदेशिक रोजगारीको अन्तिम विवरण
जान्न पाइने भएकाले १५ सयभन्दा बढी एसएमएसकर्ता दैनिक सेवा उपयोग
गरिरहेका छन् ।

No comments:

Post a Comment