Tuesday, May 21, 2013

सप्तरीका पूर्वसभासद सदरुल मिया हकको विभत्सहत्या

७ जेठ, काठमाडौं । सप्तरीको क्षेत्र नं ५ का पूर्वसभासद् सदरुल मियाँ
हकको सोमबार राति आफ्नै घरमा सुतिरहेको अवस्थामा धारिलो हतियार प्रयोग
गरी घाँटी रेटेर बिभत्स ढंगबाट हत्या भएको छ । हत्याराहरु फरार रहेका छन्
। हत्यापछि सप्तरीको कल्याणपूर शोकमग्न छ ।
सप्तरी जिल्लाको कल्याणपुर-२ स्थित बिसनपुर चौकमा स्थित पेट्रोलपम्पमा
रहेको भवनको माथ्लो तलामा सुतिरहेको अवस्यामा राति नै उनको हत्या भएको
स्थानीयबासीले बताएका छन् । एक्लै सुतेका मियाको हत्या भएको विहान साढे ८
बजेमात्रै परिवारका सदस्यले थाहा पाएको स्थानीयवासीले बताएका छन् ।
सप्तरीको कल्याणपुरमा पूर्वसभासद मियाको इटाभट्टा उद्योग र पेट्रोलपम्प
व्यवसाय छ । मुस्लिम समुदायका मिया सबैसँग मिलनसार रहेको स्थानीय
बताउँछन् । बिसनपुर चौकमा आफ्नो घरभन्दा ५ सय मिटर टाढा रहेका पेट्रोल
पम्पमा उहाँको हत्या भएको हो ।
कल्याणपुर निवासी मियाले ०६४ सालको संविधानसभा चुनाबमा सप्तरी क्षेत्र
नम्बर ५ बाट स्वतन्त्र उमेद्वारका रुपमा १० हजार ६ सय ३ कत ल्याएर
जित्नुभएको थियो । सो क्षेत्रको चुनावमा एमाले दोस्रो, माओवादी तेस्रो र
कांग्रेसले चौथो स्थान हासिल गरेका थिए । मियाँ नेपाली कांग्रेस
पृष्ठभूमिका व्यक्ति हुनुहुन्थ्यो ।
पूर्वसभासद मिया एमाओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको २० दलीय गठबन्धनको
सदस्य समेत सहभागी हुनुहुन्थ्यो । संविधानसभामा रहँदा अल्पसंख्यक मुस्लिम
समुदायको हितका लागि उनले आवाज उठाउनुभएको थियो ।
हत्याबारे आफूहरुलाई बिहान ९ बजे जानकारी आएको र अहिले हत्याराको खोजीका
लागि प्रहरी परिचालन गरिएको र कुकुरसमेत झिकाइएको सप्तरीका प्रमुख जिल्ला
अधिकारी हरिकृष्ण पौडेलले सञ्चारमाध्यमलाई जानकारी दिनुभयो ।

No comments:

Post a Comment