Friday, May 24, 2013

‘अवैध यौनसम्बन्ध खुल्ने डर’ले महिलाको हत्या

काठमाडौं, १० जेठ । सशस्त्र प्रहरीका जवानसहित दुई व्यक्तिले अवैध
यौनसम्बन्ध राख्दै आएको महिलाको हत्या गरेको खुलेको छ । अवैध सम्बन्ध
खुल्ने डरका कारण ती महिलाको हत्यामा संलग्न भएको अभियोगमा पूर्वराजा
ज्ञानेन्द्र शाहको महाराजगन्जस्थित निर्मल निवासमा खटिएका सशस्त्र प्रहरी
जवान २५ वर्षीय कृष्णबहादुर बराम समातिएका छन् ।
प्रहरीका अनुसार दरबन्दी बलम्वुस्थित नीलबाराही गणमा भई निर्मल निवासमा
खटिएका बरामसहित दुई जनाले सर्लाही लालबन्दी–७ की ४२ वर्षीया सुन्तलीमाया
लामाको हत्या गरेका हुन् । हत्यामा संलग्नता रहेको अभियोगमा गोरखा
आरुआरवाङ–१ का २६ वर्षीय पूर्णबहादुर बरामलाई पनि पक्राउ गरिएको छ । उनी
बुढानीलकण्ठस्थित छाला फ्याक्ट्रीमा काम गर्थे । कृष्ण र पूर्ण साइनोले
सालाभिनाजु रहेको पाइएको प्रहरीले जनाएको छ । उनीहरूले सुन्तलीसँग
पालैपालो यौन सम्बन्ध राख्दै आएका थिए ।
'हत्यामा संलग्न दुई युवक साला भेना हुन् । उनीहरूले सुन्तलीसँग पालैपालो
यौन सम्बन्ध राखेको पाइयो,' अनुसन्धानमा खटिएका महानगरीय प्रहरी अपराध
अनुसन्धान महाशाखाका डिएसपी उमा चतुर्वेदीले भनिन्।
सुन्तली महाराजगन्जस्थित शिक्षण अस्पतालमा सुरक्षागार्डको काम गर्थिन् ।
प्रहरीका अनुसार कृष्ण र पूर्णले सुन्तलीलाई सोमबार बूढानीलकण्ठ–८ स्थित
चिस्यानीको जंगलमा लगी ढुंगाले टाउको किचेर हत्या गरेका थिए । त्यसपछि
उनीहरूलाई महाशाखाबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानबाट पक्राउ
गरेको हो ।
अनुसन्धानमा खटिएका प्रहरीका अनुसार सुन्तलीको हत्यामा संलग्न दुवै
युवकसँग यौनसम्बन्ध रहँदै आएको थियो । यौनसम्वन्ध राखेवापत सुन्तलीले रकम
लिने गर्थिन् । सुन्तलीलाई दुवै युवकले पालैपालो फोन गरी बोलाउँथे ।
विशेष गरी ड्यूटी सकिएका बेला उनीहरू सुन्तलीलाई बोलाउँथे । सुन्तलीलाई
लिएर उनीहरू बालाजुका होटेल, राजधानीका गेस्ट हाउसदेखि जंगलसम्म लिएर
जान्थे । एक पटकमा उनीहरूले सुन्तलीलाई दुईदेखि तीन सय रुपियाँसम्म
दिन्थे । महाशाखाका डिएसपी चतुर्वेदीले भने, 'उनीहरूबीच अवैध रूपमा
यौनसम्बन्ध भएको देखियो । यससँग लेनदेनको विषयमा विवाद पनि रहेछ ।
हत्याको कारण यो नै बन्यो ।'
सुन्तलीसँग पहिले भेट्ने व्यक्ति पूर्णबहादुर हुन्। ६ महिनादेखि नियमित
सम्पर्कमा रहेका उनीहरूबीच यौनसम्बन्ध पनि रहँदै आएको थियो । पछि उनले
आफ्ना सालो कृष्णसँग सुन्तलीको भेट गराइदिए । तीन महिनादेखि कृष्णले
सुन्तलीलाई भेटेका थिए । सोही बेलादेखि उनीहरूबीच यौन सम्बन्ध रहँदै आएको
थियो । दुवैले पालैपालो सुन्तलीलाई बोलाउँथे र यौन प्यास मेटाउँथे ।
कृष्ण र पूर्ण दुवै विवाहित हुन् । सुन्तलीका ६ भाइ छोरा र दुई छोरी छन्
। आठै सन्तान पहिलो पतिका हुन् । उनी पछि भने दोस्रो पति
लालबहादुरतामाङसँग बस्दै आएकी थिइन् ।
यसरी भयो हत्या
प्रहरीका अनुसार यौन सम्बन्ध खुल्ने डर भएपछि कृष्ण र पूर्णले सुन्तलीको
हत्या गर्ने योजना बनाए ।
योजनाअनुसार कृष्णले सोमबार दिउँसो सुन्तलीलाई फोनगरी बुढानीलकण्ठस्थित
चिस्यानीको जंगल जाने प्रस्ताव गरे । सुन्तलीको ड्युटी अफ थियो । उनी
जंगल जान राजी भइन् । महाराजगञ्जस्थित नारायण गोपाल चोकमा दिउँसो तीन बजे
भेट्ने योजना बन्यो । तोकिएको समयमै दुवैबीच भेट भयो र बुढानीलकण्ठतर्फ
गाडीमा गए ।
पूर्ण बुढानीलकण्ठमै बस्ने भएकाले उनले सोही स्थानमा सुन्तली र कृष्णलाई
कुरिरहेका थिए । कृष्ण र सुन्तली बुढानीलकण्ठमा झरे । पूर्णसँग उनीहरूको
भेट भयो । अब तीनै जना चिस्यानको जंगलतर्फ लागे । जिस्किदै उकालो लागेका
उनीहरू रुखका छायामा सितल ताप्दै अझ उकालो लागे । रुख छाँया र बुट्यानमा
छेलिँदै पालैपालो यौन सम्पर्कलाई निरन्तरता दिए । डिएसपी चर्तुवेदीले
भने, 'जंगलमा उनीहरूबीच यौन सम्पर्क भएको छ । त्यसपछि मात्रै हत्या भएको
देखिन्छ ।'
घाम डुब्न लाग्यो । तर, उनीहरूको फर्कने सुर थिएन । बेलुकीको ८ बज्यो ।
तीन जनासँगै थिए । कृष्णले सुन्तलीलाई उत्तानो पारे । दुवै हातले बेस्सरी
घाँटी अठ्याए । सास फेर्न नसकेपछि सुन्तली जोडबल गर्न लागिन् । कृष्णले
बलियो गरी टाउको समात्यो । नजिकै रहेका पूर्णले ढुंगा उचाले । जोडले
सुन्तलीको टाउकोमा बजारे । टाउकोबाट रगतका सिर्का छुटे । छटपटाइरहेकी
सुन्तली चाल विस्तारै रोकियो
http://www.souryadaily.com/2013/05/72752.html

No comments:

Post a Comment