Tuesday, January 22, 2013

विदेश जानेले बच्नुपर्ने ‘चार डब्ल्यू’

काम, मौसम, रक्सी र महिला
९ माघ, काठमाडौं । टन्न पैसा कमाउने सपना बोकेर बिदेश पुगेका कतिपय
नेपाली बिचल्लीमा परेका छन् । कतिले आफ्नै कारण दुःख पाएका छन्, कति
अरुका कारणले । विदेशमा काम गर्न जाँदा आफूले थोरै भएपनि संयमता अपनाउन
सके धेरै सुरक्षित भइन्छ र सपना पनि पूरा हुन्छ । यही सन्देश दिने
उदेश्यले कतारमा रहेका नेपाली युवाहरुले लघु चलचित्र निर्माण गरेका छन् ।
आरम्भ फिल्मस् कतारको निर्माणमा तयार भएको '4W आफ्नै बाटोहरु' नामक लघु
चलचित्रको सोमबार यू-ट्युब मार्फत सार्वजनिक भएको हो ।4W अर्थात Work
(काम), Weather (मौसम), Wine (रक्सी) र Women (महिला) बाट सचेत हुनुपर्ने
सन्देश यो लघु चलचित्रले दिएको छ ।
'यस लघु चलचित्र मार्फत बिदेशमा बस्ने नेपालीहरुको वास्तविकतालाई देखाउन
खोजिएको छ' चलचित्रका व्यवस्थापक तथा कलाकार देव तिमिल्सिनाले
अनलाइनखबरसित भन्नुभयो-'विदेशमा बस्दा धेरै कुरामा ध्यान दिनुपर्छ र संयम
अपनाउन पर्छ भन्ने चेतना जगाउन खोजिएको हो ।'
यस चलचित्रका निर्देशक उद्धव राई हुनुहुन्छ । 'हामी कतारमा रहेका
युवाहरुले आआफ्नै ढंगले रकम संकलन गरेर यो काम गरेका हौं, व्यापारिक
उदेश्य होइन' तिमिल्सिनाले भन्नुभयो, 'व्यापारिक उद्देश्य नभई जनचेतना
जगाउने अभियानअन्तर्गत नेपाली युवाहरु आफैं कलाकार बनेर र रकम जुटाएर लघु
चलचित्र बनाइएको हो ।'
चलचित्र हेर्नुस् ।

No comments:

Post a Comment