Tuesday, January 22, 2013

फेसबुककी साथी ‘पत्नी हुँ’ भन्दै घरमै आएपछि…

९ माघ, काठमाण्डौ । फेसबुकमा राम्रो अनुहार परेकी केटी देख्नासाथ साथी
बनाउने र च्याट गर्न तम्सिइहाल्ने युवाहरु धेरै छन् । च्याट त हो नी
भन्दै सुरु गरेको मित्रता कतिपयले बिहेमै परिणत पनि गरेका छन् ।
राजीखुसीले भए त ठिकै हो, तर तपाईले एकदुईपटक च्याट गरेकी यस्तै फेसबुक
साथी तिम्री पत्नी हुँ भन्दै घरमै पुगे के गर्ने ?
यस्तै परिबन्दमा परेका छन धनकुटाका हेमकर्ण कोइराला । चार बर्षअघि
रोजगारीका शिलशिलामा कतार पुगेका बैनाबुधुक-८ धनकुटाका हेमकर्ण अहिले
सामाजिक फन्दामा परेका छन् । चार महिनाअघि फेसबुकमा भेटिएकी २२ बषिर्या
सविता अधिकारी आफू कोइरालाको पत्नी भएको दावी गर्दै उनकोघर आएर बसेपछि
हेमकर्ण अनौठो संकटमा परेको मंगलबारको नागरिक दैनिकले छापेको छ ।
काठमाण्डौमा टेम्पो चालक रहेकी अधिकारीले कोइरालासँग फेसबुकबाटै लभ परेको
र आफुलाई पत्नी बनाउने आश्वासन दिएको दावी गरेकी छिन् । पछिल्लो समय
कोइराला बेपत्ता भएकाले सोधखोज गर्दै उनको घरमै आइपुगेको अधिकारीको भनाई
छ । महिलाहरुको भावनामा खेलवाड गरेको भन्दै उनले श्रीमती नबनाएसम्म घर
नफर्किने अडान लिइरहेकी छिन् । कोइरालाले बाचाअनुसार सिन्दुर नहालेसम्म
आफ्नो ठेगानासमेत नबताउने अड्डी लिएकी छिन् ।
सविताले धनकुटा प्रहरी र मानवअधिकारकर्मीलाई सुनाइरहँदा तीन दिन अघिमात्र
घर आइपुगेका हेमकर्ण सवितासँग लभ नपरेको र बिहे गर्छु भनेर आश्वासन पनि
नदिएको दावी गर्दै थिए । आफु कतारमा रहँदै सविता नामकी केटी घर आएर बसेको
थाहा पाएपछि हतारहतार फर्किएको बताए । हेमकर्णले भने- मैले बिहे गर्ने
कुरा त परै जाओस्, चिनेको समेत छैन । अनि कसरी श्रीमती बनाउनू ?'
फेसबुकमा सविताले नै रिक्वेष्ट पठाएको र सामान्य परिचयमात्र भएको हेमकर्ण
बताउँछन् । आफु र आफ्नो परिवारलाई बदनाम गर्न मात्र सबिताले यस्तो हर्कत
गरेको कोइरालाले बताए ।
हेमकर्णले श्रीमतीका रुपमा स्वीकार नगरेपछि उनले सदरमुकाम आएर प्रहरी
रमानवअधिकारकर्मी गुहारेकीछिन् । महिला मानवअधिकार संजालले सोमबार
कोइरालाको परिवारलाई बोलाएर छलफलसमेत गर्‍यो । हेमकर्णका दाजु टीकाले
महिलाले सबिताको पक्ष लिएर झुक्काउन खोजेको गुनासो गरे । अहिले सबिता
मानवअधिकार संजालको संरक्षणमा छिन् ।

No comments:

Post a Comment