Thursday, January 24, 2013

सुरक्षामा लार्पवाही गरेको भन्दै दैलेखका प्रहरीको सरुवा

११ माघ, काठमाण्डौं । प्रधानमन्त्री संलग्न सार्वजनिक कार्यक्रममा
सुरक्षा लार्पवाही गरेको र जिम्मेवारी पुरा गर्न नसकेको भन्दै प्रहरी
प्रधान कार्यालयले दैलेखका डीएसपी र दुई इन्सपेक्टरको सरुवा गरेको छ ।
बुधबार प्रधानन्त्री डा. बाबुराम भट्टराई, एमाओवादी अध्यक्ष प्रचण्ड र
उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ संलग्न कार्यक्रममा सुरक्षा ब्यबस्था
मिलाउन नसकेको र सुरक्षा ब्यबस्थामा गम्भीर लार्पवाही गरेको भन्दै
हेडक्वाटरले डिएसपी शारदाप्रसाद चौधरी, प्रहरी निरिक्षक इन्द्रप्रसाद
सुवेदी र किरण न्यौपानेलाई सरुवा गरेको हो ।
सुरक्षा ब्यबस्थामा लार्पवाही गरेकै कारण उनीहरु संलग्न कार्यक्रममा
ढुंगामुढा भएको प्रहरी प्रधान कार्यालयको निष्कर्ष छ । बिपक्षीको
ढुंगामुढाका कारण सार्वजनिक कार्यक्रम केहीवेर रोकिन पुगेको थियो ।
डीएसपी चौधरी र दुई इन्सपेक्टरले कमाण्डरको आदेश नमानेको, बिपक्षीसँग
मिलेर कार्यक्रमस्थलसम्म बिपक्षीलाई पुग्न दिएको लगायतको अभियोग प्रहरी
अधिकारीमाथि छ ।
जिल्लाको प्रहरीले कमाण्डको आदेश नमान्ने अबस्था आएपछि सुर्खेतबाट
डीआईजीको नेतृत्वमा अर्को बेग्लै प्रहरी दस्ता लगेर प्रधानमन्त्रीसहितका
भीआईपीको सुरक्षा गर्नुपरेको थियो ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete